२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकिन पिउनुहुन्न चिया पिउनेबित्तिकै पानी ?

किन पिउनुहुन्न चिया पिउनेबित्तिकै पानी ?


धेरैले दिनमा धेरै कप चिया पिउने गर्छन् । मानिसहरुमा चियाको लत पनि बसेको हुन्छ । धेरैजसोको दिनको सुरुवात चियाबाट हुन्छ । चिया पिएपछि शरीर सक्रिय हुन्छ । तर केहि मानिसहरुको बानी हुन्छ कि उनीहरु चिया पिएपछि तुरुन्तै पानी पिउने गर्छन् । त्यसो गर्नु हानिकारक हुन सक्छ ।

चियापछि तुरुन्तै पानी पिउनाले दाँतमा किराको समस्या हुन सक्छ । चिसो र तातो खाना खाँदा पनि झनझन हुन थाल्छ । यति मात्र होइन, चियापछि पानी पिउनुका अन्य धेरै बेफाइदाहरू छन् ।

१. यदि तपाईंको बानी चिया पिएपछि तुरुन्तै पानी पिउने छ भने, तपाईंले सावधान रहनु पर्छ, किनभने यसले अपच, लुज मोशन जस्ता समस्याहरू निम्त्याउन सक्छ । एसिडिटी र ग्यास्ट्रिकले पनि सताउन सक्छ ।

२. चिया पिएपछि तुरुन्तै पानी पिउँदा पनि चिसो लाग्न सक्छ । घाँटी दुख्ने समस्या पनि हुन सक्छ ।

३. कतिपयको चिया पिएपछि तुरुन्तै पानी पिएपछि नाकबाट रगत आउन थाल्छ । यस्ता लक्षण देखिएमा ढिलो नगरी चिकित्सकलाई देखाउनुपर्छ र यो नराम्रो बानी त्याग्नुपर्छ ।

४. चिया पिएपछि पानी पिउनुहुन्छ भने यसको कारणले दाँत सड्ने समस्या हुन सक्छ । यति मात्र होइन दाँतमा पहेँलोपन, संवेदनशीलता जस्ता समस्या पनि हुन सक्छ । यी समस्या कहिले काँही दाँत निकाल्ने बिन्दुमा पनि आउँछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ