२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्ससबैका लागि फाइदाजनक भेजिटेबल जुस, कसरी बनाउने ?

सबैका लागि फाइदाजनक भेजिटेबल जुस, कसरी बनाउने ?


केहि विशेष तरकारीहरु संग घरमा भेजिटेबल जुस सजिलैसंग बनाउन सकिन्छ । यो जुस निकै स्वस्थकर हुन्छ र गर्मीमा शरीरलाई हिट स्ट्रोकबाट बचाउँछ । साथै डिहाइड्रेसन हुन दिदैन । यो जुस बालबालिका र वृद्धवृद्धालाई पनि दिन सकिन्छ ।

भेजिटेबलको जुस कसरी बनाउने ?
मौसम अनुसार भेजिटेबलको जुसमा कुनै पनि तरकारी हाल्न सकिन्छ । तर यो सिजनमा यहाँ उल्लेख गरिएका फलफूल र तरकारीसँग तयार गर्न सकिन्छ ।
१. काँक्रो
२. लौका
३. हरियो स्याउ
४. पुदीना
५. अमला

-सबैभन्दा पहिले काँक्रो र लौकाको बोक्रा निकाल्ने । त्यसमा लौकाको सानो टुक्रा मात्र राख्ने ।
-यदि तपाई दुई गिलास जुस बनाउँदै हुनुहुन्छ भने काँक्रो जत्ति नै ठूलो लौकाको टुक्रा राख्नुहोस्, त्योभन्दा बढी होइन । आफ्नो इच्छाअनुसार यसको मात्रा अड्कल्न्होस् । अब स्याउ, अमला, पुदिना काटेर सबैलाई ग्राइन्डरमा हालेर जुस तयार पार्नुहोस् । यसलाई जुसरमा भन्दा पनि ग्राइन्डरमै बनाउनु राम्रो हुन्छ ।
-इच्छाअनुसार तपाईँले बिरे नुन र कागतीको रस थप्न सक्नुहुन्छ ।

भेजिटेबल जुस कहिले पिउने ?
बिहानको खाजा र खाजाको बीचमा यो जुस पिउनुभयो भने यो बढी फाइदाजनक हुन्छ । अर्थात् बिहान ७–८ बजे ब्रेकफास्ट लिनुहुन्छ भने ११–१२ बजेको बीचमा यो जुस सेवन गर्न सक्नुहुन्छ । त्यस्तै १ र २ बीचमा सेवन गर्दा पनि यो उपयुक्त हुन्छ ।

भेजिटेबलको जुसले सामान्यतया कुनै हानि गर्दैन । तर कतिपयलाई कुनै खास तरकारी वा फलफूलको समस्या छ भने यसको सेवन गर्नुहुँदैन ।

कसै–कसैलाई पाचन वा आन्द्रासँग सम्बन्धित कुनै समस्या छ र यदि यो जुस पिएपछि कुनै समस्या छ भने उनीहरूले पनि यसको सेवन नगर्दा राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ