२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपित्तथैलीको पत्थरी किन हुन्छ ? रोकथामका ४ उपाय

पित्तथैलीको पत्थरी किन हुन्छ ? रोकथामका ४ उपाय


पत्थरी पाचन तरल पदार्थको कडा निक्षेप हो, जुन पित्तथैलीमा बन्न सक्छ । पित्त थैली पेटको दायाँ छेउमा रहेको सानो नासपाती आकारको अंग हो । कलेजो मुनि पित्तथैलीमा पित्त नामक पाचन तरल पदार्थ हुन्छ। जुन सानो आन्द्रामा निस्कन्छ ।

पित्तथैलीको पत्थरी बालुवाको दाना जत्तिकै सानोदेखि गल्फ बल जत्तिकै ठूलो पनि हुन सक्छ । कोही मानिसमा एउटा मात्र पित्तको पत्थरी विकास हुन्छ भने कोहीलाई एकै समयमा धेरै पित्तथैलीको पत्थरी विकास हुन्छ ।

पित्तथैलीको पत्थरीका लक्षणहरू अनुभव गर्ने मानिसहरूलाई सामान्यतयाः पित्तथैली हटाउने शल्यक्रिया आवश्यक पर्दछ । पित्तथैलीको पत्थरी जसले कुनै पनि संकेत र लक्षणहरू नदेखाउन पनि सक्छ । त्यस्तो अवस्थामा सामान्यतयाः उपचारको आवश्यकता पर्दैन । यदि पित्ताशयको ढुंगा नली गएर बस्छ र अवरोध उत्पन्न गर्छ भने त्यसले संकेत र लक्षणहरू देखाउन सक्छ ।

पित्तथैलीको पत्थरी हुनबाट बच्ने ४ उपायहरु

१. तौल घटाउनु
विस्तारै वजन घटाउनुहोस् । छिटो होइन । दीर्घकालीन रूपमा पित्तथैली रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको तौल नियन्त्रण गर्नु हो ।

२. स्वस्थकर खाना
स्वस्थकर खाना खानुहोस् । पित्तथैलीको रोगलाई कम गर्न आहारले महत्वपूर्ण भूमिका खेल्छ । तर, यो फलफूल र सागसब्जी खानेमा मात्र सिमित छैन, रोटी, अनाज, फलफूल, तरकारीहरू र प्रोटिनका भएको खाना आदि पनि पर्छन् । यसबाट पत्थरी हुन सक्ने सम्भावना कम हुन्छ ।

३. योग र अभ्यास
नियमित शारीरिक गतिविधिले पित्तथैलीमा पत्थरी हुने सम्भावनालाई कम गर्न मद्दत गर्छ । व्यायामको तीव्रताले धेरै फरक पार्दैन् । सन् २०१६ मा प्रकाशित एक मेटा–विश्लेषणकाअनुसार शारीरिक गतिविधिले पित्तथैली रोगको जोखिमलाई कम गर्छ । नियमित शारीरिक गतिविधिले स्वास्थ्य परिणामहरूमा सुधार आउन सक्छ ।

४. रोगथामका लागि औषधि
रोगथामको औषधि पनि प्रयोग गर्न सकिन्छ । औषधिले पित्तथैलीको पथरहरुलाई भंग गरेर पित्ताशयमा पत्थरी गठन रोक्न सहयोग गर्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ