२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी ७ संकेत, जसले बताउँछ खानामा पोषण तत्वको कमी छ

यी ७ संकेत, जसले बताउँछ खानामा पोषण तत्वको कमी छ


बाँच्नको लागि र शरीरलाई स्वस्थ राख्न खानैपर्ने पोषण तत्व हो । हामीले दैनिक खाने खानामा भिटामिन हुन्छ । त्यही खानालाई मिलाएर खाँदा शरीरमा आवश्यक मात्रामा चाहिएको भिटामिन प्राप्त हुन्छ ।

तर, त्यही खाना नमिलाई खाने वा राम्रोसँग नखानाले हामीलाई विभिन्न रोग लाग्ने हुन्छ । पोषक तत्वको कमी हुँदा हाम्रो शरीरमा देखा विभिन्न संकेतहरु देखा पर्छन् । जसमध्ये केही संकेतहरु यस्ता छन्

१. कपाल र नङ टुक्रिनु
धेरै कारणले कपाल र नङ टुक्रिने हुन सक्छ । त्यसमध्ये एक कारण बायोटिन हो । बायोटिनलाई भिटामिन ७ पनि भनिन्छ । अण्डाको पहेलो भाग, मासु, डेरी, काउली आदि बायोटिनयुक्त पदार्थ हुन् ।

२. मुखमा अल्सर वा मुखको कुनामा चर्किनु
मुखभित्र वा वरिपरीको घाउहरु भिटामिन वा खनिज पदार्थसँग जोडिएको हुन्छ । जस्तैः मुखको घाउ प्रायः फलाम वा भिटामिन बीको कमीको कारण हुन्छ । फलाम भएका खानेकुराहरुः कुखुरा, मासु, माछा, गेडागुडी कालो पातदारसँग आदि हुन् ।

३. गिजाबाट रगत बग्ने
कहिलेकाही दाँत माझ्दा दाँतबाट रगत बग्ने हुन सक्छ । यसको कारण भिटामिन ‘सी’को कमी हुन सक्छ । भिटामिन ‘सी’ले घाउ निको पार्ने र प्रतिरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ । पर्याप्त मात्रामा ताजा फलफुल र तरकारी खाने व्यक्तिमा भिटामीन ‘सी’को कमी नहुन पनि सक्छ ।

४. रातिको दृष्टि कम हुनु र आँखा सेतो देखिनु
भिटामिन ‘ए’ ले रोडोपसिन उत्पादन गर्छ । रोडोपसिन एक पिग्मेन्ट हो, जसले रातमा हेर्न मद्दत गर्छ । त्यसकारण भिटामिन ‘ए’ को कमी भएको मानिससँग रातको अँध्यारो र कम उज्यालोमा हेर्ने क्षमता कम हुन्छ । भिटामिन ‘ए’ को लक्षण विषाक्त हुन सक्छ । जस्तैः वाकवाकी, टाउको दुखाइ, छालामा, जलन, जोर्नी र हड्डी द्खाइ आदि । भिटामिन ‘ए’ भएका खानेकुराहरुः माछा, मासु, अण्डा, पहेलो रङको सुन्तला आदि हुन् ।

५. स्केली दाग र चाया
स्केली दाग र चायाको विकारको एउटै समूहको भाग हो । जसले शरीरमा तेल उत्पादन गर्ने क्षेत्रलाई असर गर्दछ । यस्तो भएको व्यक्तिले कुखुराको मासु, माछा, अन्डा र हरियो तरकारी खानुपर्छ ।

६. कपाल झर्नु
कपाल झर्नु एक सामान्य लक्षण हो । उमेर पुग्दै जाँदा सबैमा यो हुन्छ । तर, कसै—कसैमा युवा अवस्थामा नै यो समस्या आउन सक्छ । यो समस्या आइरन, जिङ, अल्फालिनोलिक एसिड, नियासिन (भिटामिन बी ३) र बायोटिन (भिटामिन बी७) को कमीले पनि हुन्छ ।

७. छालामा रातो वा सेतो धब्बाहरु
कोराटोसिस पिलारिस एउटा यस्तो अवस्था हो । जसले गाला, हात र तिघ्रामा रातो र सेतो धब्बाहरु देखा पर्दछन् । यो प्रायः बाल्यवस्थामा देखा पर्छन् । यो समस्या भिटामिन ‘ए’ र भिटामिन ‘सी’ को कमीले हुन्छ । यस्ता समस्या भएका मानिसहरुले पहेलो रङका तरकारीहरु, माछा, मासु र डेरी प्रडक्ट खानुपर्छ ।

-हेल्थलाइनबाट सम्पादित भावानुवाद 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ