२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकुन भिटामिन कमीले मानिसहरुलाई निन्द्रा पर्दैन् ?

कुन भिटामिन कमीले मानिसहरुलाई निन्द्रा पर्दैन् ?


निन्द्राको कमीले तपाईंलाई गम्भीर बिरामी बनाउन सक्छ । यसले तपाईलाई शारीरिक र मानसिक रूपमा सताउन सक्छ । यति मात्र नभई यसका कारण तपाईंको हर्मोनल स्वास्थ्यमा पनि असर पर्न सक्छ ।

त्यस्तै, अन्य समस्याहरु जस्तै मुड स्विंग र चिन्ता आदिको सामना गर्नुपर्ने हुन सक्छ । यसबाहेक निन्द्रा नलाग्नुको पछाडि धेरै कारण हुन सक्छन् । जसमध्ये भिटामिनको कमी पनि एक हो । त्यसो भए जानौं कुन भिटामिनको कमीले यस्तो हुन्छ ।

कुन भिटामिनको कमीले निद्रा नलाग्ने समस्या हुन्छ ?
भिटामिन ‘डी’को कमीले निन्द्रामा समस्या आउन सक्छ । भिटामिन ‘डी’ले मस्तिष्कको लागि विशेष तरिकाले काम गर्दछ ।

भिटामिन ‘डी’ रिसेप्टरहरूले मस्तिष्कको निश्चित क्षेत्रहरूमा धेरै विशिष्ट तरिकामा काम गर्छन् । यी पेसमेकर कोषिकाहरू हुन्, जसले निन्द्राको नियमनमा महत्वपूर्ण भूमिका खेल्छन् ।

यसले निन्द्राको हर्मोन मेलाटोनिनलाई नियन्त्रण गर्छ र राम्रो निन्द्रा पार्न भूमिका खेल्छ ।

यस्तो अवस्थामा यसको कमीका कारण मेलाटोनिनको कमी हुन्छ र निन्द्रा लाग्दैन् । यतिमात्र होइन्, यसको कमीले शरीरको निन्द्रा चक्र बिग्रन्छ, अब्सट्रक्टिभ स्लीप एपनियाजस्ता समस्या पनि आउन सक्छ ।

यसका लागि सबैभन्दा पहिले बिहान सबेरै उठेर सूर्यलाई हेर्ने गर्नुपर्छ । यसले तपाईंको शरीरको निन्द्रा चक्रलाई सुधार गर्नेछ र यसलाई सुरुवात दिनेछ ।

किनभने सूर्यको किरणले हाम्रो आँखाको माध्यमबाट मस्तिष्कको कार्यलाई सुरु गर्छ, जसले तिनीहरूको कार्यशैलीमा सुधार गर्छ । यसले तपाई कहिले सुत्ने निर्णय गर्दछ ।

यसका अलावा भिटामिन ‘डी’ युक्त खानेकुरा जस्तैः दूध, अण्डा र च्याउ आदिको सेवनले पनि यो समस्याबाट बच्न सकिन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ