२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सग्यास्ट्रिकबाट छुटकारा पाउने ५ उपाय

ग्यास्ट्रिकबाट छुटकारा पाउने ५ उपाय


आजभोलि ग्यास्ट्रिक एक सामान्य रोगजस्तै भइसकेको छ । प्रायः यो सबैलाई भएको हुन्छ । बदलिँदो खानपान र जीवनशैलीले पनि ग्यास्ट्रिकको सम्भावना धेरै हुन्छ । स्वस्थ जीवनशैली नअपनाउनु र खानपिनमा हेलचेक्रयाइ गर्दा यो समस्या हुन सक्छ ।

बदलिदो मौसमले पनि ग्यास्ट्रिकको समस्या हुन सक्छ । अहिले मनसुन सुरु भइसकेको छ । यो मनसुनले पानी दुषित बनाइरहेको हुन्छ । दुषित पानीलाई हामीले फिल्टर गरेर पिएपनि त्यसमा हाम्रो आँखाले नदेख्न फोहोर अझै हुन सक्छ । जसले ग्यास्ट्रिक हुन सक्छ । ग्यास्ट्रिक हुनबाट बच्न हामीले केही कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

१. सफा पानी पिउने
पेटसँग सम्बन्धित धेरैजसो समस्या पानीसँग जोडिएको हुन्छ । पानीबाट हुन सक्ने ग्यास्ट्रिकबाट जोगिन सफा पानी र तताएको पानी पिउनु उचित हुन्छ । साथै जताततै पानी पिउने नगर्नाले पनि ग्यास्ट्रिकबाट टाढा रहन सक्छौं ।

२. सरसफाइमा ध्यान
आफ्नो वरीपरीको वातावरण सफा राख्नुहोस् । हात बारम्बार सफा गर्नुहोस् । विषेशगरी खाना बनाउनुअघि वा खाना खानुअघि हातलाई राम्रोसँग धुनुहोस् । यसले किटाणु र ब्याक्टोरिया फैलाउनबाट रोक्छ । यस्तो गर्नाले ग्यास्ट्रिकबाट टाढा रहन सकिन्छ ।

३. ताजा र स्वच्छ खाना
ग्यास्ट्रिकको समस्याबाट बच्नका लागि उच्च तापमा पकाएको र राम्रोसँग पाकेको खाना खानुपर्छ । साथै, स्ट्रीट फुडहरु नखानुहोस् । स्ट्रीट फुडमा सरसफाइमा ध्यान दिएको हुँदैन् ।

४. काँचो वा राम्रोसँग नपाकेको खाना नखानुहोस्
काँचो वा राम्रोसँग नपाकेको खानामा ब्याक्टेरियाहरु राम्रोसँग नष्ट भएको हुँदैन् । यस्तो खानामा ब्याक्टोरिया नष्ट नभएको हुन सक्छ । राम्रोसँग नपाकेको खानाले पाचन प्रणालीमा पनि समस्या आउन सक्छ ।

५. ज्यादा खाना नखानुहोस्
ग्यास्ट्रिकको समस्याबाट बच्नको लागि ज्यादा खानाबाट पनि बच्नुपर्छ । धेरै खानाले पाचन प्रणलीमा दबाब पर्न सक्छ । त्यसैले पर्याप्त खाना खाने तर धेरै खाना नखाने कोशिश गर्नुहोस् ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ