२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआँखा स्वस्थ राख्न खानुहोस् यी ५ खानेकुरा

आँखा स्वस्थ राख्न खानुहोस् यी ५ खानेकुरा


आजको दिनमा हरेक उमेरको मानिसमा आँखा सम्बन्धि धेरै रोगहरु लागेको देखिन्छ । धेरै समय मोबाइल तथा कम्प्युटरको स्क्रिनमा बिताउदा आँखालाई धेरै असर गरिरहेको छ । तर आफ्नै भान्सा तथा करेसामा पाइने तरकारी तथा फलफुलको सेवन गरी आँखामा आउने समस्या समाधान गर्न सकिन्छ भन्ने प्रायजसोलाई थाहा नहुन सक्छ । हाम्रै वरीपरी सहजै पाइने केही खानेकुरा खाँदा आँखाको तेजलाई सुरक्षित राख्न सकिन्छ ।

आँखा स्वास्थको लागि बिटा क्यारोटिन, ओमेगा–३, फ्याटी एसिड र भिटामिन–‘सी’ भएको खाना भरपुर मात्रामा खानुपर्छ । यसले आँखाको रोशनीलाई राम्रो बनाउँछ । हेर्नुहोस् यी खानेकुराहरु के हुन् ।

कीवी

कीवीमा भिटामिन ‘सी’ भरपुर मात्रामा हुन्छ । यसले इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ । बलियो इम्युनिटी सिस्टमले धेरै प्रकारको रोगहरुबाट बच्न सकिन्छ । यो फलको सेवनले आँखामा हुने कोलेजोनको उत्पादनलाई बढावा दिन्छ । जसले आँखा स्वास्थ राम्रो हुन्छ ।

मेवा

मेवा बीटा क्यारोटीन, भिटामिन ‘सी’ र भिटामिन ‘इ’ को राम्रो स्रोत हो । जसले आँखा स्वास्थलाई धेरै फाइदा दिन्छ । यसमा भएको भिटामिन ‘इ’ ले एक एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसले अक्सिडेटिभ तनाव बाट बचाउँछ र आँखाको रोशनी राम्रो बनाउँछ ।

सुन्तला

सुन्तला भिटामिन ‘सी’ को एक प्रचुर स्रोत हो । यसले आँखाको ज्योति बढाउँछ र अक्सिडेटिभ तनाव रोक्न पनि मद्दत गर्छ ।

गाँजर

गाँजरमा बिटा–क्यारोटीन पर्याप्त मात्रामा पाइन्छ । शरीरमा भिटामिन ‘ए’ जस्तो पोषकतत्व आँखाको लागि धेरै फाइदाजनक छ । यसले आँखाको रोशनीलाई राम्रो गर्छ । र रतन्धो जस्तो रोगबाट छुटकरा दिन्छ ।

पालक

पालकमा ल्युटिन र जेक्सान्थि जस्तो क्यारोटिनोइड्स प्रचुर मात्रामा पाइन्छ । यिनीहरु एन्टीअक्सिडेन्टहरु हुन् । जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ । साथै यसले आँखालाई अक्सिडेटिभ तनाबबाट पनि बचाउँछ । एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ