२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआइरनयुक्त यी खानेकुरा, जसले स्वास्थ्य र सुन्दरतालाई बढाउँछ

आइरनयुक्त यी खानेकुरा, जसले स्वास्थ्य र सुन्दरतालाई बढाउँछ


मानव शरीरमा फलाम (आइरन)को कमी हुनु खतरनाक हुन सक्छ । जसका कारण स्वास्थ्यमा धेरै प्रकारका समस्याहरु आउन सक्छन् । फलामको कमीको सबैभन्दा सामान्य लक्षणलाई एनिमिया भनिन्छ । जसका कारण न भोक लाग्छ न तिर्खा राम्रोसँग । शरीरमा आइरनको कमी हुँदा थकान लाग्ने, चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, छाला पहेँलो हुने जस्ता समस्या हुन सक्छन् ।

आइरनको कमीलाई हटाउनको लागि, हामीले आफ्नो खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । आइरनयुक्त खानेकुराहरुको प्रयोगले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै कपाल तथा छालाको सान्दर्यलाई समेत बढाउन मद्दत गर्छ । हाम्रो शरीरमा आइरनको कमी हुने समस्यालाई केही हदसम्म कम गर्न हामीले सामान्यतया यी कुराहरुमा ध्यान दिन सकिनेछ ।

हरियो सागसब्जी
यदि तपाईं शाकाहारी हुनुहुन्छ वा ताजा सागसब्जी तरकारीहरू खान मन पराउनुहुन्छ भने, तपाईं सजिलैसँग आइरन प्राप्त गर्न सक्नुहुन्छ । पालक, धनियाँ, रायो, ब्रोकाउली, हरियो लसुनका पात, हरियो प्याजका पात, बन्दा जस्ता तरकारीहरू फलामको स्रोत हुन् । यी चिजहरु हाम्रै करेसाबारीमा सजिलै पाइन्छन् । जसमा एन्टी–अक्सिडेन्ट पाइन्छ, जसले सूजन कम गरेर स्वास्थ्यमा सुधार ल्याउने काम गर्छ। र तपाईंको दैनिक प्रयोग गर्न समेत सजिलो छ । तपाईंको शरीरलाई तत्काल ऊर्जाको स्रोत दिनुको अलावा, यी फलाम युक्त खानाहरूले तपाईंको छालालाई उज्यालो बनाउन र तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्छ ।

दाल
खानामा दैनिक दालको प्रयोगले फलामको कमीलाई हटाउन सकिन्छ । दाल तपाईंको आहारको अत्यावश्यक भाग हो र प्रत्येक खानामा एक सेवा समावेश गर्नुपर्छ। दिनमा आधा कप दाल खाँदा तपाईको शरीरको २० प्रतिशत फलामको आवश्यकता पूरा हुन्छ । हाम्रै भन्सामाा भएको जुनसुकै दाल खाँदा आइरनको कमी हुन्छ र एनिमियाको समस्याबाट छुटकारा मिल्छ ।

फर्सीको बिउ
शरीरमा आइरनको मात्रा पूर्ती गर्न पाकेको फर्सिको बिउ पनि उपयुक्त मानिन्छ । आइरनको कमी भएका व्यक्तिले स्न्याक्सको रुपमा यसलाई प्रयोग गरेर पनि एनिमिया निको पार्न सकिनेछ । फर्सीको दाना यस्तो खाजा हो, जसमा धेरै फलाम पाइन्छ ।

गाढा चकलेट

धेरैलाई डार्क चकलेट खान मन पर्छ । डार्क चकलेटले आइरनको कमीलाई हटाउन निकै फाइदाजनक हुन्छ भन्ने कुरा कमैलाई थाहा छ । यो धेरै स्वादिष्ट हुन्छ र यसमा पाइने प्रीबायोटिकले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ।

अण्डा
स्वास्थ्य विज्ञहरूका अनुसार अण्डालाई दैनिक एक वटा अण्डा सेवन गरेमा आइरनको कमीलाई हटाउन सकिन्छ । अण्डामा यस्तो फलाम पाइन्छ, जसलाई शरीरले राम्ररी र छिट्टै फाईदा पुर्याउँछ । त्यस्तै कुखुराको मासु खानु पनि फाइदाजनक मानिन्छ । एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ