२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार

अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार


छाला मानव शरीरको सबैभन्दा ठुलो अङ्ग हो । त्यस कारण छालामा धेरै किसिमका रोग लाग्ने र छाला सम्बन्धी समस्या हुने सम्भावना उच्च हुन्छ । छाला सम्बन्धी धेरै समस्याहरू मध्ये चायाँ–पोतो पनि एक महत्त्वपूर्ण समस्या हो ।

छालामा आउने खैरो–कालो दाग र धब्बालाई बोलीचाली भाषामा चायाँ–पोतो (कालो पोतो) भनिन्छ । मेडिकल भाषामा यसलाई ‘मेलाज्मा कोलाज्मा’ भन्ने गरिन्छ । गर्भावस्थामा आउने चायाँ–पोतो (प्रेग्नेन्सी मार्कस)लाई कोलाज्मा भनिन्छ भने, अन्य कारणले आउने चायाँ पोतोलाई मेलाज्मा भनिन्छ । महिला र पुरुष दुवैमा यो समस्या देखिन सक्छ ।

चायाँ–पोतोको समस्या हुनेहरूलाई गाला, नाक, माथिल्लो ओठ, निधार, आँखीभौँ माथि समेत हल्का खैरो–कालो रङ्गका धब्बाहरू देखा पर्दछ र पछि त्यो गाढा हुँदै जान्छ ।

अनुहारमा चायाँ–पोतो आउने कारण

हाम्रो छालामा तीन तह (इपिडर्मीस, डर्मीस र हाइपोडर्मीस) हुन्छन् बाहिरी तह इपिडर्मीस र दोस्रो तह डर्मीसको सतहमा मेलानोसाइटस् भन्ने कोष हुन्छ । जसले मेलानिन पिगमेन्ट उत्पादन गर्छ । मेलानिनले नै छालामा रङ्ग प्रदान गर्ने काम गर्छ । जब सूर्यको पराबैजनिक किरण हाम्रो छालामा पर्छ, तब मेलानोसाइटस् बाट छिटो धेरै मेलानिन उत्पादन हुन थाल्छ । त्यो मेलानिन छालाको माथिल्लो भागमा आएर बसेपछि खैरो, कालो दागको रुपमा देखा पर्छ । अनुहारमा चायाँ–पोतो आउने धेरै कारण हुन्छन् ।

  • सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण सूर्यको पराबैजनिक किरण हो ।
  • लामो समयसम्म मोबाइल, ल्यापटप, टिभी हेर्नाले त्यहाँबाट निस्कने प्रकाशले पनि अनुहारमा चायाँ–पोतो आउँछ । किनकी अन्य कृत्रिम प्रकाशमा पनि मेलानिन उत्तिकै सक्रिय हुन्छ ।
  • सानै उमेर, वयस्क उमेरमा पनि चायाँ–पोतो ‘हर्मोनल चेन्जेजहरुका’ कारण आउने गर्दछ ।
  • कसैलाई वंशाणुगत, हर्मोनल गडबडी (पिल्स चक्की सेवन गर्ने र हर्मोनयुक्त अन्य औषधि सेवन गर्नेहरूमा), महिनावारी गडबडी, कब्जियत तथा पाठेघरको समस्या आदीका कारणले पनि कालो पोतो आउन सक्छ ।
  • कस्मेटिकको अत्यधिक उपयोग, विशेषज्ञको सल्लाह बिना विभिन्न विज्ञापन र सुझावहरूका आधारमा औषधिजन्य सौन्दर्य सामग्री र केमिकल प्रयोग गर्नाले पनि छाला पातलो र संवेदनशील भई चायाँ–पोतोको समस्या देखिने गरेको पाइन्छ ।

चायाँ–पोतोको उपचार

चायाँ–पोतोको उपचार जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह अनुसार गर्नु पर्दछ । यसको लागि प्राय सुरुमा हाइड्रोक्विनोन, ट्रेटिनोइन, एजिलिक एसिड, ट्रानिजेमिक एसिड, कोजिक एसिड आदि क्रिमहरू प्रयोग हुन्छन् । मोमेटासोन फ्युरोएट, हाइड्रोक्विनोन, र ट्रेटिनोइन एकै ठाउँमा भएको ट्रीपल थेरापी क्रिम वा यस्तै खाल्का अन्य मिश्रण भएका क्रिम पनि प्रयोग हुन्छन् । मोमेटासोन फ्युरोएट, हाइड्रोक्विनोन, र ट्रेटिनोइन एकै ठाउँमा भएको ट्रीपल थेरापी (मेलाकेयर) क्रिम चायाँ–पोतोको उपचारमा प्रयोग हुने एक महत्त्वपूर्ण औषधी हो ।

प्रयोग गर्ने विधि

  • मेलाकेयर क्रिम चिकित्सकको परामर्शअनुसार मात्र गर्नुपर्दछ ।
  • मेलाकेयर क्रिम दिनको एक पटक मात्र राती सुत्ने बेलामा लगाउने, दिउँसोमा नलगाउने ।
  • मेलाकेयर क्रिम प्रयोग गर्नु अगाडी सफा पानीले मुख धुने र हल्कासँग नरम रुमालले वा टावलले पुच्छने ।
  • मुख धुँदा माइल्ड फेस क्लिन्जरको प्रयोग गर्न सकिन्छ ।
  • चायाँ–पोतो आएको ठाउँमा मात्र मेलाकेयर पातलो लेप लगाए जस्तै लगाउनुपर्छ, बाक्लो गरी लगाउनु हुदैन ।
  • बिहान उठेपछि राम्रोसँग मुख धुने र मोइस्चराइजर लगाउने । मोइस्चराइजरको प्रयोगले मुख सुक्खा हुन दिँदैन ।
  • मेलानिन पिगमेन्ट घामका कारण सक्रिय हुने भएकाले घामबाट जोगिनुपर्छ । तसर्थ दिनमा अनिवार्य रुपमा सनस्क्रिन लोसन वा क्रिम लगाउनुपर्छ र करिब ३÷४ घण्टाको ग्याप गरेर कम्तीमा तीन पटक सनस्क्रिन लगाउन जरुरी हुन्छ ।
  • घाममा निस्कने बेलामा मुख छोपिने टोपी, स्कार्फ, तथा चस्मा लगाएर वा छाता ओढेर घरबाहिर निस्कनुपर्छ ।
  • मेलाकेयर क्रिमको प्रयोग बढीमा ३–४ हप्तासम्म मात्रै गर्ने र थप जानकारीका लागी स्वास्थ्यकर्मीसँग सल्लाह लिने ।
  • मेलाकेयर क्रिममा भएको हाइड्रोक्विनोनले एक्जोजिनस ओक्रोनोसिस (छाला कालो हुने) गराउन सक्छ । यस्तो भएमा क्रिमको प्रयोग तुरुन्त रोक्ने ।
  • मेलाकेयर क्रिम प्रयोग गर्दा छाला धेरै नै रातो हुने, चिलाउने , पोल्ने वा पाप्रीने भयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने ।
  • गर्भवती महिलाले मेलाकेयर क्रिमको प्रयोग नगर्ने ।

क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ