२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदाँतको दुखाइबाट छुटकारा पाउने घरेलु उपायहरु

दाँतको दुखाइबाट छुटकारा पाउने घरेलु उपायहरु


शारीरिक समस्याहरुमध्ये केही यस्ता समस्याहरु पनि छन् । जुन विशेष ठाउँ वा राज्यहरुमा मात्र नभै विश्वब्यापी रुपमा संसारका जुनसुकै व्यक्तिहरुमा देखिने गर्दछ । त्यस्ता विभिन्न शारीरिक समस्याहरुमध्ये दाँतको दुखाइ पनि एक हो । दाँतको दुखाइबाट व्यक्तिलाई असह्य पीडा हुने भएकाले दाँत दुखेका व्यक्तिहरुले कुनै पनि कुरामा एकनासले ध्यान दिन सक्दैनन् । सामान्यतयाः दाँतको दुखाइ हुनु पछाडि यी कारणहरुलाई प्रमुख कारण मानिन्छ ।

  • नयाँ दाँत आउने समयमा
  • फोहोर दाँत
  • ब्रस नगर्दा
  • कडा वस्तु चपाउदा वा टोक्दा
  • दाँत खिइएमा
  • दाँत किराले खाएमा संक्रमणको कारण आदि ।

तर, यसबाहेक कहिलेकाहीँ हामीले दिनहु ब्रस गर्दागर्दै पनि दाँत दुख्ने वा गिजा सुन्निने गर्छ । उचित ख्याल र सरसफाइको बाबजुद पनि यस्ता समस्या हुनु पछाडि भने प्रयाजसोः कडा दन्त ब्रसको प्रयोग, दाँतमा पुगेको घाती तथा दाँतमा रहने अन्तरनिहीत गिजाको समस्याजस्ता धेरै कारणहरु रहेको देखिन्छ ।

यदि यस्ता कारणवश दाँतको दुखाई हुन थालेमा यसले कालान्तारमा गएर अझ गम्भीर समस्याहरु निम्त्याउने भएकोले यस्तो अवस्थामा भने हामीले दन्त चिकित्सकसँग परामर्श अनिवार्य रुपमा लिनुपर्दछ । यस्ता कारण पनि दाँतमा असह्य पीडा हुने गर्दछ । माथि पछिल्लो चरणमा उल्लेखित दाँत दुख्नु पछाडिका कारणहरु हुन् भने हामीले घरेलु उपायद्धारा नै उक्त समसयाको उपचार गर्न सक्छौं ।

लसुन
भान्सामा स्वादिष्ट खानासँगसँगै विभिन्न शारीरिक समस्याको निम्ति घरेलु औषधीको रुपमा रहेको लसुनलाई यसै कारण सुपरफुड पनि मानिन्छ । यसले उपचार गर्ने विभिन्न समस्याहरु मध्ये दाँतको दुखाइ पनि एक हो । यसमा पाइने एलिसिनले विभिन्न किटाणुहरुसँग लड्दै तिनीहरुको अन्त्य गर्नमा पनि मद्दत पु¥याउँछ । यसको लागि हामीले यसलाई आदि बनाएर यसैले दाँत ब्रस गर्नुपर्ने हुन्छ ।

नुन पानी
घरेलु उपचारअन्र्तगत एक प्राकृतिक किटनाशक औषधी रुपमा लिइने नुन पानीले पनि दाँतको दुखाइ कम गर्न मद्दत गर्दछ । यसले गिजा सुन्निएको तथा हानी गरेको भागमा कमी ल्याउन मद्दत गर्दछ । नुन मिसिएको मनतातो पानीले १ देखि २ मिनेटसम्म कुल्ला गर्नाले यसले दाँतको दुखाइलाई कम गर्छ नै यसका साथसाथै दाँतमा अड्केको खानाहरु निकाल्नमा पनि मद्दत गर्दछ ।

आवश्यक तेलको प्रयोग
सुन्दा अचम्म लाग्न सक्छ तर, वास्तवमै तेलले दाँतको दुखाइबाट राहत पु¥याउन मद्दत गर्दछ । थोरै मात्र तेल भए पुग्ने यसको निम्ति हामीले भने हामीले आफ्नो हातले केही थोपा तेल लिएर आफ्नो दाँतमा राख्नुपर्दछ । दाँतमा तेल राखिसके पछाडि केही समय हल्का मालिस गर्नुपर्दछ । यसरी प्रयोग गरिएको तेलले दाँत तथा गिजा दुवैको दुखाइबाट राहत प्रदान गर्दछ ।

घ्युकुमारी
औषधीहरुको राजा मानिने घ्युकुमारीलाई वास्तवमै प्राकृतिक औषधीको भरपर्दाे किटनाशकको रुपमा लिइन्छ । यसको जेललाई हामीले विस्तारै निकालेर दुखाइ भएको भागमा राख्नुपर्दछ । र, स्वतः क्रमिक रुपमा यसले दुखाइबाट छुटकारा दिन्छ ।


ल्वाङ अथवा ल्वाङको तेल

ल्वाङको तेल दाँतमा राख्नाले पनि दुखाइबाट छुटाकार पाउन सकिन्छ । यस्तै, ल्वाङ पनि केही समय दुखेको दाँतमा राख्दा दुखाइ कम हुने गर्छ ।

टि ब्याग
टि ब्यागमा पाइने टेनिस नामक पदार्थले पनि गिजा अर्थात् दाँतको दुखाई कम गर्न मद्दत गर्दछ । तयार भएको चियालाई केहि समय मुखमा लगेर दुखेको भागमा कम्तीमा पनि ५ मिनेट राखेर यसको प्रयोग गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ