२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेचुरोट नखाने बानीकै कारण मेरो प्रेमिकासँग विवाह भयो : सिताराम हाछेथु

चुरोट नखाने बानीकै कारण मेरो प्रेमिकासँग विवाह भयो : सिताराम हाछेथु


काठमाडौँ – ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले केही वर्षभित्रै ललितपुरलाई सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउने घोषणा गरेका छन् ।

‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन।

सोमबार सम्पन्न सो कार्यक्रममा ललितपुरका प्रमुख चिरीबाबु महर्जन, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले संयुक्त रुपमा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सम्मान गरेका थिए । सम्मानपत्र ग्रहण पछि उनले धुम्रपानकै कारण आफ्नो बुबा-आमा गुमाएको भन्दै यस अभियानमा लाग्नु पछाडीको कारण सुनाए।

तस्बिरहरु : नवराज वाग्ले /हेल्थआवाज

‘बुबाले बिहान देखि बेलुकासम्म चुरोट पिउनु हुन्थ्यो। भक्तपुरको हाम्रो सानो घरमा हावा जाने समेत ठाउँ थिएन। २४ घण्टा नै आमा  खाना खाँदा र बस्दा बुबासँगै बस्ने हुँदा आमालाई पनि धुवाँको असर ग-यो। आमाले चुरोट खानु हुन्थेन। तर, बुबाले फालेको चुरोटको धुवाँकै कारण ४२ वर्षको उमेरमा मेरो आमालाई फोक्सोमा क्यान्सर गराइ निधन भयो। त्यसको २ वर्षपछि सोही कारण बुबाको पनि मृत्यु भयो।

तपाइ र म एक दुई जनाले छोडेर यो तत्काल निर्मूल हुने होइन तर बिस्तारै यसलाई जनचेता फैलाउँदै लगियो भने भावी पुस्तालाई बचाउन सकिन्छ। त्यसैले यसको सुरूवात आफैंबाट गरेको हुँ।

किनभने मेरो प्रेमिकासँगै बिवाह हुनुको एक मात्र कारण मैले चुरोट नपिउनु नै थियो।

म भन्दा २ वर्ष जेठी र पढाइमा अब्बल तर म जम्मा एसएलसी पास गरेको केटा थिए। हामीबीच प्रेम भयो। अब बिबाह गर्ने कुरा आयो।  उनको बिहे मसँग गरिदिन उनको परिवार राजी थिएन। तर, मेरी श्रीमती बिजुले ‘मलाई माया गर्नुहुन्छ। अर्को कुरा चुरोट खानुहुन्न, यस्तो मान्छे पाउन सकिन्नँ, म उहाँसँगै बिहे गर्छु’ भनेर जिद्दी नगरेको भए सायदै आज म कहाँ हुन्थ्यो त्यो मलाई थाहा छैन। मैले उनीसँग भागी विवाह गरे।

पहिला नमाने पनि समय वित्दै गएपछि मेरो काम र  व्यवहारले उनको परिवारले स्वीकारे ।

 धुम्रपान गर्न हुन्न भन्ने अभियानमा म निरन्तर लागिरहेको छु।  यसका लागि मैले आफ्नो दायाँ हातमा ‘नो स्मोकिङ’ को ट्याटु खोपाएको छु।

मैले यो ट्याटु बनाउन जाँदा बनाइदिने व्यक्ति नै अच्चममा परे। उनले आफुले खाइरहेको चुरोट पनि फाले। उनले बनाइसकेपछि भने, ‘सर अरु श्रीमती, प्रेमिका आमाको नाम लेखाउन आउनु हुन्छ यो राम्रो काम हो हामी पैसा नलिने’ भनेर लिन्न भने।’ तर मैले हजार रुपैयाँ दिएर आए।

ललितपुर महानगरपालिकाले हाल विभिन्न क्षेत्रमा ‘नो स्मोकिङ जोन’ घोषणा नै गरी जनमानसलाई विनम्रतापूर्वक नमस्कार गरेर प्रतिबन्धित क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग नगर्न आग्रह गर्ने अभियानको सुरुवात भएको छ ।’

हेर्नुहोस भिडियो :


क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ