२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेएमबीबीएस टपरको भिडियो वार्ता : ‘टप गर्ने उद्देश्य राखेर पढेको भए सफल हुने थिइनँ होला’

एमबीबीएस टपरको भिडियो वार्ता : ‘टप गर्ने उद्देश्य राखेर पढेको भए सफल हुने थिइनँ होला’


डा. उज्ज्वल प्रकाश खनाल । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वि.सं. २०७७ का एमबीबीएस टपर । त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट ८०.३ प्रतिशत ल्याएर उनले एमबीबीएस टप गरेका हुन् । वि.सं. २०७७ सालको एमबीबीएस ब्याचमा उनले टप गरेर गोल्ड मेडल मात्रै पाएनन्, थप २ वटा विधामा पनि गोल्ड मेडल पाए ।

‘सबैगरी तीन विधामा ६ वटा गोल्डमेडल पाए,’ उनले भने । उनले सर्जरी र कम्युनिटी मेडिसिन विषय पनि टप गरेर २/२ गोल्ड मेडल पाएका हुन् । ‘मैले टप गर्छु भन्ने सोचेको थिइन्ँ, त्यो उद्देश्य राखेर पढेको भए सफल हुने पनि थिइन होला,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कफी गफमा उनले सुनाए, ‘तर, आफ्नो राम्रो दिन्छु भन्ने थियो । पहिलो वर्ष टप हुँदा अन्य कलेजमा पनि त्यति स्कोर आएको रहेनछ ।

त्यसपछि सकिने रहेछ भन्ने त लाग्यो । तर, म टप नै गर्छु भन्नेमा चाहिँ थिइनँ ।’ रोचक त के भने उनले गोल्डमेडल पाउनुभन्दा अघिल्लो दिन मात्रै आफूले टप गरेको थाहा पाएका थिए । त्यो पनि उनले गोल्डमेडलिष्ट भएको भनेर साथीहरुले बधाईं दिएपछि मात्रै ।

‘आफ्नो बेस्ट दिदैँ गए । एमबीबीएस टप गरेर गोल्डमेडल आएछ भनेर अघिल्लो दिन साथीहरुले बधाई दिँदा मात्र थाहा भयो,’ २५ वर्षीय उज्ज्वल भन्छन् । स्कुल जीवनदेखि नै पढ्नमा उस्ताद उनले एसएलसीमा ९२.६३ प्रतिशत ल्याएका थिए । प्लस टू ८८ प्रतिशत ल्याएर उत्तीर्ण गरेका थिए ।

डा. उज्ज्वलसँगको भिडियो कुराकानीः




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ