२०८२ भदौ ९, सोमबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेभिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स

भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स

जुन एम्बुलेन्समा आईसीयुमा उपलब्ध सबै सुविधाहरु छन्


काठमाडौं—एरा इन्टरनेशनल हस्पिटलसँग नेपालकै अत्याधुनिक आईसीयुसहितको एम्बुलेन्स छ । क्रिटिकल बिरामीहरुको जीवनरक्षाका लागि आईसीयुमा जतिकै आवश्यक पर्ने स्वास्थ्य सुविधाहरु एम्बुलेन्समा उपलब्ध छन् ।

कोरियन प्रविधीको उक्त एम्बुलेन्समा नेपालकै पहिलो भएको अस्पतालकी पारामेडिक्स तीर्था तामाङले जानकारी दिइन् । ‘एम्बुलेन्समा पोर्टेबल आईसीयुजस्तै सबै सेवासुविधाहरु छन्,’ उनले भनिन्, ‘कार्डियाक मोनिटर, पोर्टेबल भेन्टिलेटर, अक्सिजनलगायतका सबै सुविधाहरु छन् ।’ आकस्मिक रुपमा बिरामीलाई बचाउन आवश्यक सबै उपचार एम्बुलेन्समै उपलब्ध गराउन सकिने उनले जानकारी दिइन् ।

अस्पतालका मेडिकल निर्देशक डा सुरक्षा बाँस्कोटाले एम्बुलेन्स नेपालकै वेल इक्वीपट एम्बुलेन्स भएको बताइन् । ‘यो नेपालको मात्रै होइन् विश्वकै वेल इक्वीपट एम्बुलेन्समा पर्छ,’ उनले भनिन्, ‘यसमा आईसीयु, भेन्टिलेटर, अक्सिजनलगायतका सबै सुविधाहरु छन् ।’

अस्पतालका अध्यक्ष भानु ढकालले नेपालमा उच्चस्तरीय एम्बुलेन्स सेवा दिनका लागि एक वर्षअघि यो एम्बुलेन्स नेपालमा भित्र्याएको जानकारी दिए । ‘यो एम्बुलेन्स नेपालको अहिलेसम्मको लेटेष्ट एम्बुलेन्स हो । दक्षिण कोरियाबाट ल्याएको यो एम्बुलेन्स एकदमै अत्याधुनिक र सुविधासम्पन्न छ,’ उनले भने ।’




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ