गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डका लागि योग मेरुदण्डका लागि योग हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ६ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण कसरी गर्ने छालाको हेरचाह ?