गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डका लागि योग मेरुदण्डका लागि योग हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’