२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरलाई सधै तगडा राख्ने योगासन

शरीरलाई सधै तगडा राख्ने योगासन


उमेर बढ्दै जाँदा हाम्रो शरीर कमजोर हुन थाल्छ । विस्तारै शरीरको लचकता गुम्दै निष्क्रिय हुन थाल्छ। यस्तो अवस्थामा आफूलाई स्वस्थ र लचिलो राख्न नियमित व्यायाम, राम्रो र स्वस्थ आहारलगायत थुप्रै उपाय अपनाउन सकिन्छ। तर, यसको समाधानका लागि सबैभन्दा प्रभावकारी योग हो। नियमित योग आसनले ५० वर्षभन्दा माथिका मानिसको शरीरलाई सक्रिय बनाइ राख्दछ ।

उनीहरुको शरीरको हराएको लचिलोपन फिर्ता आउनेछ । यस्तो अवस्थामा दैनिक योग आवश्यक हुन्छ । योग हरेक रोगको औषधि हो। चारवटा यस्ता योगासन छन्, जुन शरीरलाई लचिलो बनाउन दैनिक गर्नुपर्छ सो योगासन ५० वर्षभन्दा माथिका र वृद्धवृद्धाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा हुने समस्यालाई हटाउनका साथै वृद्धवृद्धालाई सक्रिय र स्वस्थ राख्न मद्दत गर्छ । आउनुहोस्, बढ्दो उमेरमा शरीरमा लचिलोपन बढाउने चार योगासनको बारेमा जानौँ ।

पार्श्वोत्तनासन

यो आसनले कम्मर, हत्केला र शरीरको तल्लो भागलाई बलियो बनाउन मद्दत गर्छ। यो आसन गर्नको लागि सीधा उभिनुहोस् र श्वास लिनुहोस् र हल्का उफ्रनुहोस्। यस अवधिमा एक खुट्टालाई तीनदेखि चार फिटको दुरीमा राख्नुहोस्। दुबै हातहरू कम्मरमा राखेर, दाहिने खुट्टालाई अगाडि बढाउनुहोस्। त्यसपछि दुवै हात माथि उठाउनुहोस् र श्वास लिँदा हातलाई भुइँमा राख्नुहोस्। दाहिने खुट्टाको घुँडाले आफ्नो निधार छुनुहोस्। केही समय यस आसनमा रहेपछि फेरि सीधा उभिनुहोस् र अर्को खुट्टाले यो आसन गर्नुहोस्।

अधोमुखश्वानासन

यो योग आसन गर्नका लागि पहिले घुँडाबाट सुरु गरेर हत्केलाहरूलाई काँधको तल्लो भागमा लैजानुहोस् र घुँडालाई कम्मरको मुनि तल राख्नुहोस्। त्यसपछि , आफ्नो कम्मर उठाएर आफ्नो घुँडा सीधा गर्नुहोस्। अब तपाईंले उल्टो ‘V’ आकार बनाउनु होस्, यसको लागि तपाईले आफ्नो खुट्टा जोड्नु पर्ने हुन्छ। त्यसपछि पैतालाले भुइँमा छुने प्रयास गर्नुहोस्। केहि सेकेन्ड पछि, यसलाई फेरि दोहोर्याउनुहोस्।

मालासन

यो आसन गर्नका लागि सबैभन्दा पहिले शौचको स्थितिमा बस्नुहोस्। अब नमस्कारको आसन बनाउँदै दुवै हातको कुहिनो घुँडामा राख्नुहोस्। यस आसनमा हुँदा बिस्तारै श्वास लिनुहोस् र श्वास छोड्नुहोस्। केही समय यस पोजिसनमा बसेपछि आरामसँग उठ्नुहोस्। यो आसन हरेक बिहान उठेपछि कम्तिमा १० मिनेट गर्नुपर्छ ।

उत्तानासन

यो आसन गर्नका लागि सबैभन्दा पहिले शौचको स्थितिमा बस्नुहोस्। अब नमस्कारको आसन बनाउँदै दुवै हातको कुहिनो घुँडामा राख्नुहोस्। यस आसनमा हुँदा बिस्तारै श्वास लिनुहोस् र श्वास छोड्नुहोस्। केही समय यस पोजिसनमा बसेपछि आरामसँग उठ्नुहोस्। यो आसन हरेक बिहान उठेपछि कम्तिमा १० मिनेट गर्नुपर्छ।

-एजेन्सी


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ