२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशशकासन योगका फाइदा र सावधानी

शशकासन योगका फाइदा र सावधानी


भागदौडको जिन्दगीमा व्यक्तिआफुलाई ध्यानमा राख्न बिर्सिने गर्छन। न समयमा खाने-पिउने न समयमा सुत्ने जसको प्रभाव हाम्रो शरीरमा पर्ने गर्छ। हामीले दिनचर्या यतिसम्म खराब बनाइसक्यौं कि छिटो सुधार गरिएन भने त्यसको नतिजा गम्भीर हुन सक्छ।

कसैलाई पेटमा समस्या छ भने कसैलाई तौल बढ्ने समस्या छ यस्ता समस्याले मानिसलाई गम्भीर रोगतर्फ धकेल्ने गर्छ। तर, के तपाईलाई थाहा छ ? शशकासन योग गर्दा हाम्रो समस्यालाई ठुलो राहत मिल्न सक्छ ? शायद छैन, यस्तोमा व्यक्तिले दैनिक यी आसन गर्नु भएमा तपाईको प्रजनन अङ्गलाई बलियो बनाउने देखि तपाई चुस्त र दुरुस्त बन्न सक्नु हुनेछ।

त्यसअघि शशकासन भनेको के हो ? बुझौं।

संस्कृतमा शशको अर्थ खरायो हुन्छ । यो आसनमा खरायो लुक्दा झैँ आकृति बनाएर गरिने भएकाले यसको शशकासन नाम रहन गएको हो ।

विधि:

बज्रासनमै बसेको स्थितिबाट दुवै हातलाई श्वास लिँदै माथि उठाउनुहोस् । कानसँगै छुवाएर सिधा राखी दुवै हातलाई समानान्तर
गर्नुहोस् ।

अब श्वास छोड्दै विस्तारै अगाडि झुक्दै निधारले घुँडाको अगाडितिरको जमिनमा छुनुहोस् ।

दुवै हातलाई जमिनमा राखी सम्पूर्ण शरीरलाई शिथिल छोड्नुहोस् र श्वासलाई १० सेकेन्डजति रोक्नुहोस् ।

अब श्वास लिँदै पूर्ववत अवस्थामा
आउनुहोस् ।

यसलाई तीनपटक दोहो¥याउनुहोस् ।

लामो समय आसनको स्थितिमा रहने भए श्वासलाई सामान्य राख्नुहोस् ।

फाइदा :-

  • शशकासनको नियमित अभ्यासबाट एकाग्रता आउँछ ।
  • मनमा आनन्द बढ्छ र तनावसमेत कम हुन्छ ।
  • यस आसनको अभ्यासले पाचन, अवशोषण र मल निष्काशन नियमति हुन्छ । स्त्री-पुरुषका प्रजनन् अङ्ग सबल हुन्छन् ।
  • प्राणायाम, मन्त्रयोग, ध्यानयोगको साधनामा पनि यो आसन महत्त्वपूर्ण मानिन्छ ।

सावधानी

कम्मर र खुट्टाका जटिल समस्या भएको अवस्थामा र गर्भावस्थामा यो आसन गर्नुहुँदैन । मोटोपना, हड्डी खिइएको जटिल अवस्थामा समेत यो आसन गर्नुहुँदैन।

-‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ