२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगवर्षायाम फाइदाजनक योगासन

वर्षायाम फाइदाजनक योगासन


मनसुन समयको सुरु भइसकेको छ । मनसुनले शितलता ल्याउँछ । शितलतासँगै रोग पनि फैलाउने गर्दछ । मनसुनमा पेट, घाँटी संक्रमण हुने र कपाल झर्नेजस्ता समस्या देखिन्छ । यस्ता समस्याहरुबाट बच्न नियमित योगासनहरु गर्न सकिन्छ ।

वर्षाको समयमा धेरै तरिकाको ब्याक्टेरियाहरु फैलिन्छन् । भिटामिन ‘डी’को पनि कमी हुन्छ । यस्तो समयमा योगा नगर्दा इम्युनिटी पावर पनि कम हुन्छ । बाहिरको खानाले धेरै थरीका इन्फेक्सन हुन सक्छन् ।

चिसो, फ्लु र घाँटीको संक्रमणको लागि

सेतुबन्धासन

सेतुबन्धासन गर्दा हात मुटुभन्दा माथि हुन्छ । यसले ब्लड सर्कुलेसन राम्रोसँग हुन्छ । यो आसनले घाँटीको मांशपेसीको पनि राम्रो मालिस हुन्छ । थाइराइड ग्रन्थी सक्रिय हुन्छ र मोटाबिल्जम दुरुस्त राख्छ ।

पाचन प्रणाली दुरुस्त राख्नका लागि

धनुरासन

यसले पेटको मांशपेशीलाई बलियो बनाउँछ । पाचन सम्बन्धि समस्याबाट छुटकारा दिन्छ । पाचनबाहेक यसले ढाडको समस्याबाट पनि छुटकारा दिन्छ ।

कपाल झर्न रोक्नका लागि

उत्तानासन

कपाल झर्नबाट रोक्नको लागि एकदमै राम्रो आसन उत्तासन हो । यो आसनको लागि टाउको तल झुकाउनुपर्छ । जसले ब्लड सर्कुलेसन राम्रो हुन्छ र टाउकोमा पोषण पु¥याउँछ । यो आसनले मनसुनमा धेरै हदसम्म कपाल झर्नबाट रोक्छ ।

पिम्पल हटाउनका लागि
सर्वागसन

सर्वागसनले अनुहारमा ब्लड सर्कुलेसन बढाउँछ । जसले अनुहारमा चमक ल्याउँछ र पिम्पल्सबाट छुटकारा दिन्छ । अनुहारमा मात्र होइन, यो आसन गर्दा शरीरको माथिल्लो भागबाट तल्लो भागसम्म रगत प्रवाह राम्रो हुन्छ । जसले स्वास्थ्य सम्बन्धि धेरै समस्याहरु हट्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ