२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपेटको समस्याबाट छुटकारा पाउन सकिने योगासन

पेटको समस्याबाट छुटकारा पाउन सकिने योगासन


मनसुनमा पेट सम्बन्धी समस्या हुन सक्छ । वर्षायाममा बाहिरी खानाको सेवनले अपच, दुखाइ र पेट फुल्नेजस्ता समस्या आउन सक्छ । गलत पाचनका कारण धेरै गुनासो हुन सक्छ ।

विज्ञहरूकाअनुसार रातिको खाना खाइसकेपछि तुरुन्तै सुत्नु हुँदैन् र कम्तिमा तीन घण्टाको अन्तरालमा हिँड्न वा योग गर्न सकिन्छ ।

विज्ञहरूकाअनुसार योग शरीर र दिमाग दुवैका लागि फाइदाजनक हुन्छ । योग सबै रोगहरूको रोकथाम र उपचारमा प्रभावकारी छ । शरीरलाई लचिलो बनाउन, मांसपेशी बलियो बनाउन र अतिरिक्त बोसो घटाउन नियमित योगाभ्यास गर्न सिफारिस गरिन्छ ।

बज्रासन


बेलुकीको खानापछि बज्रासनको अभ्यास गर्न सकिन्छ । यो पाचनका लागि सबैभन्दा लाभदायक योग हो । यस आसनको अभ्यासले शरीरको माथिल्लो भाग र पेटलाई तन्काउन मद्दत गर्छ । खाली पेटमा बज्रासनको अभ्यास गर्नु उपयुक्त हुन्छ, तर यो आसन खाना खाएपछि गर्नु बढी फाइदाजनक हुन्छ ।

गोमुखासन

गोमुखासनले मेरुदण्ड र पेटका मांसपेशीहरू तन्काउन मद्दत गर्छ । यसले पाचनमा मद्दत गर्छ र खाना खाएपछि यो आसनको अभ्यासले पेटको समस्या निको हुन्छ । पाचन प्रक्रियालाई सहज बनाउन यो योग नियमित अभ्यास गर्न सकिन्छ ।

गोमुखासनको अभ्यासका लागि भुइँमा बस्नुहोस् । दायाँ खुट्टाले बायाँ खुट्टालाई थिच्दै त्र,स पोजिसनमा बस्नुहोस् । अब दायाँ हातलाई तलबाट पछाडि लैजानुहोस् । बायाँ हातलाई माथिबाट पछाडि लैजानुहोस् । अब दायाँ हातले देब्रे हात समात्नुहोस्, मेरुदण्ड सिधा राखेर लगभग १ मिनेट गहिरो श्वास लिनुहोस् । विस्तारै पूरानो अवस्थामा फर्कनुहोस् ।

धनुरासन

धनुरासनले पाचन अंगको कार्यशैली बढाउन मद्दत गर्छ । यस आसनको अभ्यासले पाचन क्रियामा सुधार आउँछ । धनुरासन गर्न भुइँमा सुतेर खुट्टा ढाडतिर फर्काउनुहोस् । हातहरूको प्रयोग गरेर खुट्टाहरू समाउनुहोस् । खुट्टा पछाडि राख्दा काँधहरू तन्काउनुहोस् ।

(नोटः यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि तपाईंले योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ