२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगइम्युनिटी पावर बढाउन गर्नुपर्ने योगासन

इम्युनिटी पावर बढाउन गर्नुपर्ने योगासन


मनसुनमा जताततै हरियाली हुन्छ तर यो मौसममा धेरै गम्भीर रोग लाग्ने खतरा पनि हुन्छ । जण्डिस, टाइफाइड र झाडापखालाजस्ता रोगहरू वर्षाको दिनमा बढी फैलिन्छन् । यस्तो अवस्थामो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

वर्षायाममा रोगको जोखिम बढ्छ । कम घामका कारण ब्याक्टेरिया बढ्छ । जसका कारण मानिसहरु छिट्टै बिरामी हुन्छन् । कमजोर प्रतिरोधात्मक क्षमताका कारण समस्या बढ्न सक्छ । वर्षायाममा पेटसम्बन्धी समस्या पनि धेरै हुन्छ ।

मनसुनमा पानी परेपछि मानिसहरु घरबाट बाहिर निस्कन नपाउने भएकाले शारीरिक गतिविधि पनि कम हुन्छ । त्यसैले घरमै योग गरेर आफूलाई स्वस्थ राख्नु सकिन्छ । यस्ता केही योगासनहरु जसले इम्युनिटी पावर बढाउँछ र सनसुनको संक्रमणबाट टाढा राख्दछ ।

हलासना

सबैभन्दा पहिले योगा म्याटमा सुत्नुहोस् । अब आफ्नो हात शरीरको नजिक राख्नुहोस् । हत्केलाहरू जमिनतिर राख्नुहोस् । श्वास लिँदै खुट्टामाथि उठाउनुहोस् ।

अब खुट्टालाई ९० डिग्रीमा लैजानुहोस् । खुट्टालाई उठाइ राख्नुहोस् र कम्मरलाई हातले समर्थन गर्नुहोस् । खुट्टालाई टाउकोतिर झुकाउँदैं लैजानुहोस् । अब कम्मरबाट हातहरू हटाउनुहोस र भुइँमा सिधा राख्नुहोस् । यो पोजिसनमा एक मिनेटसम्म राख्नुहोस् । अब पुरानै स्थितिमा आउनुहोस् ।

पश्चिमोत्तनासन

सबैभन्दा पहिले योगा म्याटमा बस्नुहोस् । खुट्टा सिधा राख्नुहोस् । अब गहिरो श्वास लिनुहोस् र आफ्नो हात माथि उठाउनुहोस् । पछाडिको भाग सिधा राख्नुहोस् । यस आसनमा श्वास छोड्दा, विस्तारै अगाडि झुक्नुहोस् तर मेरुदण्ड घुम्न नदिनुहोस् । अब विस्तारै आफ्नो मेरुदण्ड झुकाउनुहोस र आफ्नो हातले दुवै खुट्टाको औंलाहरू समात्नुहोस् । यो मुद्रामा २० देखि ३० सेकेन्डसम्म बस्न सक्नुहुन्छ ।

धनुरासन

सबैभन्दा पहिले योगा म्याटमा भुइँतिर फर्केर सुत्नुहोस् । हत्केलाहरु खुला गरेर हातलाई छेउमा राख्नुहोस् । खुट्टालाई थोरै फैलाउनुहोस् । गहिरो श्वास लिनुहोस् । र दुवै खुट्टा एकसाथ उठाउनुहोस् । घुँडा झुकाउनुहोस र दुवै हातले खुट्टा समात्नुहोस् । सीधा अगाडि हेर्दा विस्तारै अनुहार र शरीर उठाउनुहोस् । १०–३० सेकेन्डको लागि यो मुद्रामा रहनुहोस् र शान्तिपूर्वक श्वास फेर्नुहोस् । श्वास छोड्दा विस्तारै पहिलाकै पोजिसनमा आउनुहोस् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ