२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगथकान र कमजोरीको लागि लाभदायक योगसन

थकान र कमजोरीको लागि लाभदायक योगसन


खराब जीवनशैली, कम पोषण र निद्राको कमीका कारण मानिसहरु धेरै शारीरिक तथा मानसिक समस्याबाट ग्रसित छन् । यस्तो अवस्थामा मानिसलाई दिनभर थकान महसुस हुन्छ । आराम गरे पनि वा कुनै काम नगर्दा पनि आन्तरिक रूपमा कमजोरी र थकान महसुस भइरहन्छन् । यो अवस्थालाई क्रोनिक थकान सिन्ड्रोम भनिन्छ ।

यस्तो थकान र कमजोरी हटाउन, तपाईं दिनभरि सुत्ने गर्नुहुन्छ । तर, सुत्नु समस्याको समाधान होइन् । यस्तो अवस्थामा थकान र कमजोरीको समस्याबाट छुटकारा पाउन योगा गर्न सक्नुहुन्छ । योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्ट्यामिना पनि बढाउँछ । आन्तरिक रूपमा शरीरलाई हल्का र ऊर्जावान गराउँछ ।

बालासना

यदि तपाई कमजोरी र थकानबाट पीडित हुनुहुन्छ भने नियमित बालासन अभ्यास गर्नुहोस् । यो आसनले तनाव कम गर्नुका साथै ऊर्जा पनि दिन्छ ।

बालासन गर्न भुइँमा घुँडा टेकेर बस्नुहोस् । अब दुबै खुट्टालाई एकअर्कासँग छुनुहोस् । गहिरो श्वास लिँदै हातहरू माथि उठाउनुहोस् र अगाडि झुकाउनुहोस् । त्यसपछि पेट दुवै तिघ्राको बीचमा ल्याएर श्वास छोड्नुहोस् । केही समय यस अवस्थामा बस्नुहोस् । पछि, घुँडा सीधा गर्नुहोस् र सामान्य स्थितिमा फर्कनुहोस् ।

धनुरासन

थाइराइडका लागि धनुरासनको अभ्यास गर्नु निकै फाइदाजनक हुन्छ । ऊर्जावान हुनुका साथै मोटोपना कम गर्न धनुरासन पनि गर्न सक्नुहुन्छ ।
धनुरासनको अभ्यासका लागि भुईतिर फर्केर सुत्नुहोस् । खुट्टालाई बिस्तारै पछाडितिर उठाउनुहोस् । र कम्मरको नजिक घुँडा ल्याउनुहोस् । अब आफ्नो हातले दुवै खुट्टा समात्ने प्रयास गर्नुहोस् । त्यसपछि टाउको, छाती र तिघ्रालाई माथि उठाउँदै शरीरको तौल पेटको तल्लो भागमा राख्नुहोस् । केही समय यस स्थितिमा रहनुहोस् । पछि सामान्य स्थितिमा फर्कनुहोस् ।

ताडासन

यस आसनले सम्पूर्ण शरीर तानिन्छ । ताडासन योग गर्न भुईमा सिधा उभिनुहोस् र खुट्टाको बीचमा केही दूरी राख्नुहोस् । गहिरो श्वास लिएर दुबै हात उठाएर तन्काउनुहोस् र खुट्टा माथि उठाउँदा खुट्टाको औंलाहरूमा उभिनुहोस् । यस अवस्थामा तपाईले शरीरको हरेक अंग तन्किएको महसुस गर्नुहुनेछ । अब केही समय यस पोजिसनमा बसेपछि सामान्य अवस्थामा फर्कनुहोस् । यो आसन १० देखि १५ पटक दोहोर्याउनुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ