२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगयी हुन् प्रसवपछिको मोटोपन कम गराउन सकिने योगासन

यी हुन् प्रसवपछिको मोटोपन कम गराउन सकिने योगासन


महिलाहरु मोटोपन रुचाउँदैनन् । विभिन्न उपाय लगाएर शरीरको तौल सन्तुलन राख्न प्राय: उनीहरु ध्यान केन्द्रीत हुन्छन् । तर गर्भवती भएको बेला भने केही महिलामा अत्याधिक मोटोपना देखिन्छ । गर्भावस्थाको समयमा भएको तौल वृद्धिलाई खासै वास्ता गरिँदैन । तर सुत्केरी भइसकेपछिको मोटोपनलाई भने वेवास्ता गर्न सकिँदैन् ।

बच्चा जन्मिएपछि महिलाको शरीरमा धेरै हार्मोनल र शारीरिक परिवर्तनहरु आउँछन् । नर्मल डेलिभरी भएको महिलाहरुमा शरीर रिकभर हुन लगभग छ हप्ता लाग्छ । अपरेशन गरेको महिलामा आठ हप्ता लाग्छ । सबैको शरीर फरक–फरक हुन्छ । त्यही कारण हो शरीर रिकभर हुन पनि कम वा बढी समय लाग्छ ।

डेलिभरीपछि महिलाहरुको दिनचर्या बच्चाको स्याहारसँगै आफ्नो तौल घटाउने तिर केन्द्रीत हुन्छन् । तर डाक्टरको सल्लाहले केहि समय पछि हल्का–फुल्का योग अभ्यास गर्न सकिन्छ । शरीरलाई पहिलेकै आकारमा ल्याउनका लागि दैनिक बिहानको समयमा योगा गर्न सकिन्छ । साथै योगाले शरीरको रिकभरी पनि गर्न सकिन्छ ।

बालासन

बालासनले शरीरमा रक्तसञ्चार सुधार गर्न मद्दत गर्छ । मांसपेशीहरूलाई आराम दिन्छ । यसले शरीरमा हुने दुखाइ र असुविधाबाट छुटकारा पाउँछ साथै राम्रो निद्रा पनि दिन्छ । सुत्नुअघि यो आसन गर्नाले तनाव कम हुन्छ ।

ताडासन

ताडासन उभिएर गरिने आसन हो । यसो गर्दा शरीरको राम्रो स्ट्रेचिङ हुन्छ । मांसपेशी स्ट्रेच गर्नाले दुखाइबाट राहत मिल्छ र शरीरको लचिलोपन पनि बढ्छ । गर्भावस्थामा तौल बढ्नुका कारण धेरै पटक शरीर चलाउन समस्या हुने भएकाले यो आसन गर्नु निकै फाइदाजनक हुन्छ ।

प्राणायाम

कतिपय महिलाहरूलाई गर्भावस्थाको समयमा वा सुत्केरीपछि उच्च रक्तचापको समस्या हुन सक्छ । त्यसैले उनीहरूले चिकित्सकसँग परामर्श लिएर मात्रै शारीरिक क्रियाकलापलाई आफ्नो दिनचर्यामा समावेश गर्नुपर्छ । योगको साथसाथै प्राणायामको अभ्यासले पनि धेरै समस्याबाट मुक्ति दिन्छ । ध्यानले शरीरको मांसपेशी र दिमागलाई आराम दिलाउँछ । साथै यसले रक्तचाप, फोक्सो र मस्तिष्कलाई पनि स्वस्थ र सक्रिय राख्छ ।

नोटः कुनै पनि प्रकारको शारीरिक गतिविधि प्रसव पछि गाह्रो हुन सक्छ । यस कारणले गर्दा यो सुरु गर्नु अघि आफ्नो डाक्टरसँग परामर्श गर्न धेरै महत्त्वपूर्ण छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ