२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगफोक्सो स्वास्थ्यका लागि लाभदायक योगासन

फोक्सो स्वास्थ्यका लागि लाभदायक योगासन


फोक्सोले हाम्रो शरीरको महत्त्वपूर्ण एक अङ्ग हो । यसले अक्सिजन उपलब्ध गराउने काम गर्दछ । पछिल्लो समय मानिसहरूको फोक्सोमा क्यान्सर देखिएका घटनाहरू सुन्नमा आइरहेका हुन्छन् ।

फोक्सो क्यान्सरबाट हुने खतराबाट कसरी बच्ने भन्नेबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यका साथ हरेक वर्ष फोक्सो दिवस मनाउँछन् । वास्तवमा एक दिन दिवस  मनाउन मात्रै भन्दा पनि फोक्सो स्वास्थ्यको लागि स्वस्थ जीवनशैली निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्न योगले भूमिका खेल्छ ।

योगले फोक्सोको स्वास्थ्य र कार्यशैलीमा सुधार गरी तनाव र चिन्ताबाट पनि राहत दिन्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्ने केही सहज योगासनहरूको बारेमा जान्नुहोस् ।

भुजंगासन

भुजंगासन गर्दा फोक्सोको विस्तार हुन्छ । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा बढी पुग्छ । जसका कारण फोक्सो स्वस्थ राम्रो रहन्छ ।

अर्धमत्स्येन्द्रसन

अर्धमत्स्येन्द्रसनको अभ्यास गर्नाले एकै साथ धेरै लाभ प्राप्त गर्न सकिन्छ । यो आसन गर्नाले वायुमार्ग खुल्छ र श्वासप्रश्वास प्रणाली बलियो हुन्छ ।

त्रिकोणासन

त्रिकोणासनले स्नायु प्रणालीलाई सक्रिय बनाउँछ र फोक्सोको कार्यमा सुधार गर्छ । यसो गर्नाले फोक्सो बाहेक शरीरको तल्लो भाग र मेरुदण्डलाई पनि स्वस्थ राख्न सकिन्छ ।

नौकासन

नौकासन योगको माध्यमबाट पनि धेरै समस्या समाधान गर्न सजिलो छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यसको अभ्यासले गर्दा फोक्सो स्वस्थ रहन्छ । यो आसनले मांसपेशी, पाचन, रक्त परिसंचरण, स्नायु र हार्मोनल प्रणाली सक्रिय गर्दछ ।

गोमुखासन

गोमुखासन पनि फोक्सोलाई स्वस्थ राख्नको लागि लाभदायक आसन हो । यस आसनको अभ्यासले छातीको क्षेत्र खुल्छ । जसले फोक्सोको काममा सुधार गर्छ । यसो गर्दा ढाड दुख्ने, थकान र तनावबाट पनि राहत मिल्छ ।

कपालभाती प्राणायाम

कपालभाती प्राणायाम एक श्वासप्रश्वास व्यायाम हो । जसको दैनिक अभ्यासले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउँछ । र श्वासप्रश्वास सम्बन्धी समस्याहरू हटाउँछ । यसका साथै कपालभाती गर्नाले तौल घट्छ । अनुहारको चमक बढ्छ, पाचन सम्बन्धी समस्या हट्छ र पेटको बोसो पनि कम हुन्छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ