२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगअनुहारमा गरिने योग र यसका फाइदा

अनुहारमा गरिने योग र यसका फाइदा


अनुहारमा गरिने योग अर्थात् फेसियल योगा आजकाल निकै चर्चामा छ । धेरै सौन्दर्य विशेषज्ञहरूले पनि यसलाई अनुहारको लागि फाइदाजनक मान्छन् । यो धेरै सजिलो र हरेक दिन २०–३० मिनेट समय निकालेर गर्न सकिन्छ । फेसियल योगका फाइदाहरू र अनुहारको विभिन्न भागहरूका लागि कुन फेसियल योग गर्न सकिन्छ भन्ने बारे जानौँ ।

योगका कति फाइदाहरू छन्, हामीलाई पहिले नै थाहा छ । त्यस्तै, फेसियल योगका पनि धेरै फाइदाहरू छन् । जसले अनुहारमा प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ र छालालाई जवान राख्छ ।

फेसियल योगले अनुहारलाई दैनिक थकानबाट पनि राहत प्रदान गर्छ । अनुहारको यागले अनुहारमा रक्तसञ्चार बढाउन, बुढ्यौलीका कारण हुने फाइन लाइनहरू र चाउरीपन कम गर्न, अनुहारको मांसपेशी टोन गर्न र  अनुहारको मांसपेशी टोन गर्न मद्दत गर्दछ ।

अनुहारको योग

फेस योगा गर्नु अघि अनुहारमा मोइस्चराइजर वा फेसियल तेल लगाउनुहोस् । ताकि हात र अनुहार बिचको घर्षण कम हुन्छ । यसले औँलाहरू सजिलै अनुहारमा सर्छ र स्ट्रेचिङले छालालाई कुनै हानि गर्दैन ।

अनुहार ट्याप गर्ने

आफ्नो निधारमा बिस्तारै ट्याप सुरु गर्नुहोस् । त्यसपछि बिस्तारै आफ्नो गाला र बङ्गारा पनि ट्याप गर्नुहोस् । यससँग आफ्नो घाँटीलाई बिस्तारै ट्याप गर्नुहोस् । यो व्यायामले अनुहारको रक्तसञ्चार बढाउन मद्दत गर्छ र अनुहारको मांसपेशीहरूलाई पनि आराम दिन्छ ।

निधार तन्काउने

आफ्नो दुवै हातको हत्केला जोड्नुहोस् र निधारमा राख्नुहोस् ।  केही सेकेन्डको लागि आफ्नो निधार माथि तन्काउने प्रयास गर्नुहोस् । यसले निधारको छालालाई बलियो बनाउँछ ।

गाला तन्काउने

आफ्नो चिउँडोमा दुई हातका दुई वटा औँलाहरू राख्नुहोस् । तिनीहरूलाई भी आकार बनाउँदै बिस्तारै माथि सार्नुहोस् । यो व्यायाम गालाको मांसपेशीहरूको लागी लाभदायक छ । यसले गालाको मांसपेशीलाई टोन गर्छ  र कडा बनाउँछ ।

ओठको योग

आफ्नो मुख खोल्नुहोस् र आफ्नो ओठलाई सङ्कुचित गर्नुहोस् र मुखको दुवै छेउमा औँलाहरू राख्नुहोस् । हल्का थिच्नुहोस् । अब ओठलाई बाहिर सार्ने प्रयास गर्नुहोस् । यसो गर्दा हाँसोको रेखा कम हुन्छ र नाक नजिकका रेखाहरू पनि चिल्लो हुन्छन् ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ