२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स

दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स


भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन पुष्टि भएको छ । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येंद्र जेनले जनाएका हुन् ।

यससँगै भारतमा अहिलेसम्म ५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको हो । हालसम्म गुजरातको जामनगर, मुम्बई र कर्नाटकमा ओमिक्रोनको केस पाइएको छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर बढ्दो चिन्ताका बीच आइतबारदेखि अन्तर्राष्ट्रिय यात्रुका लागि भारतले नयाँ निर्देशिका लागू गरेको छ । जोखिममा रहेका देशबाट आउने यात्रुले आरटी–पिसिआर परीक्षण गराउनुपर्ने बताइएको छ । नतिजा नआएसम्म यात्रुले विमानस्थलमै कुर्नुपर्नेछ । सबै विमानस्थलमा थप RT-PCR सुविधाको व्यवस्था गरिनेछ।

‘जोखिममा रहेका’ देश बाहेक अन्य देशका यात्रुलाई विमानस्थलबाट बाहिर निस्कन दिइनेछ। उनीहरुले १४ दिनसम्म सेल्फ मोनिटरिङ गर्नुपर्नेछ । ओमिक्रोनको खतराको श्रेणीबाट बाहिरिएका देशहरूबाट आउने यात्रुमध्ये ५ प्रतिशतको अवश्य परीक्षण गरिनेछ। यसअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुहरूले हवाई सुविधा पोर्टलमा उपलब्ध स्व-घोषणा फारममा उडानमा चढ्नुअघि १४ दिनको आफ्नो ट्राभल हिस्ट्री दिनुपर्नेछ ।

-एजेन्सी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ