गृहपृष्ठ ∕ विश्व ∕ बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि बुस्टर डोजले पनि संक्रमण रोकेन, बुस्टर डोज लिने २ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर २४ गते, १४:१८ मा प्रकाशित बुस्टर डोज लिएका सिंगापुरमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बुस्टर डोज लिएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो । सिंगापुरको विमानस्थलमा परीक्षणका क्रममा २४ वर्षीया युवतीको प्रारम्भिक रिपोर्टमा ओमिक्रोन पुष्टि भएको छ । त्यस्तै, ६ डिसेम्बरमा जर्मनीबाट फर्किएका एक यात्रुमा पनि ओमिक्रोन भेटिएको मन्त्रालयले उल्लेख गरेको छ । दुवैले कोभिड–१९ खोपको तेस्रो डोज पनि लिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयले विश्वभर ओमिक्रोन भेरियन्टको संक्रमणलाई हेर्दा ओमिक्रोनका अन्य धेरै केसहरू पनि देखिन सक्ने आशंका गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ओमिक्रोनको लक्षण देखिएपछि दुवै संक्रमितलाई त्यहाँको एक राष्ट्रिय सरुवा रोग केन्द्रमा राखेर उपचार भइरहेको बताइएको छ । साथै उनीहरुको सम्पर्कमा आउने व्यक्तिलाई १० दिन आइसोलेसनमा राखिनेछ । सिंगापुर विश्वमा सबैभन्दा राम्रो खोप अभियान चलेको देश हो। यहाँ ८७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । योसँगै करिब २९ प्रतिशत मानिसलाई बुस्टर डोज पनि दिइएको छ । सरकारले छिट्टै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाको डोज सुरु गर्ने भएको छ । –एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा