२०८३ असार ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलले सुरु गर्‍यो ‘हेलो एनएमसी’ पोर्टल

नेपाल मेडिकल काउन्सिलले सुरु गर्‍यो ‘हेलो एनएमसी’ पोर्टल


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टलका रुपमा ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ । बिहीबारबाट काउन्सिलले आम नागरिक तथा दर्तावाला चिकित्सकहरुको गुनासा, सुझाव र उजुरीजस्ता कामलाई सहज बनाउन ‘हेलो एमएमसी’ औपचारिक रुपमा सञ्चालनमा ल्याएको काउन्सिलका निमित्त रजिष्ट्रारा डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा आएसँगै काउन्सिलका दर्तावाला चिकित्सक तथा आम सर्वसाधारणले काउन्सिलमा भौतिक रुपमा उपस्थिती नभइकनै काउन्सिलका कामकारवाही, प्रशासनिक सेवा वा चिकित्सा क्षेत्रसँग सम्बन्धि विषयमा आफ्ना जिज्ञासा, उजुरी, गुनासो र सुझावहरु अनलाइनबाटै दर्ता गर्न सक्नेछन् ।

यसअघि काउन्सिलले काउन्सिलमा आउने चिकित्सक र अन्य सर्वसाधारणको असुविधालाई मध्यनजर गर्दै काउन्सिलभित्रै फोटोकपी सुविधा र कफी पिउने सुविधा पनि गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ