२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो

त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो


काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । ५ असारमा अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले ६४ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो ।

ती ६४ वर्षीय पुरुषलाई उनका २८ वर्षीय छोराले कलेजो दिएका थिए । ‘उहाँ (कलेजो प्रत्यारोपण गरिएका बिरामी)लाई सबै स्वास्थ्य अवस्था सामान्य भएपछि आज हामीले डिस्चार्ज गर्‍यौं,’ डा. भण्डारीले हेल्थआवाजसँग भने ।

कलेजो दातालाई भने गत हप्ता नै अस्पतालले डिस्चार्ज गरिसकेको थियो ।

नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको ११ वर्ष पूरा भइसकेको छ। त्रिवि शिक्षण अस्पतालको टिमले १२ जनवरी २०२४ देखि पूर्ण रुपमा आत्मनिर्भर भएर कलेजो प्रत्यारोपण गरिरहेको छ।

नेपालमा आत्मनिर्भर रुपमा कलेजो प्रत्यारोपण गर्ने त्रिवि शिक्षण एक्लो अस्पताल हो । प्रा. डा. भण्डारीले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण कार्यक्रम दिगो बन्ने दिशामा अगाडि बढिरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ