२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोभिड-१९का अन्य भेरियन्टभन्दा ओमिक्रोन किन फरक ? यी हुन् लक्षण

कोभिड-१९का अन्य भेरियन्टभन्दा ओमिक्रोन किन फरक ? यी हुन् लक्षण


कोभिड-१९को ओमिक्रोन भेरियन्ट नेपालमा पनि पुष्टि भैसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सो भेरियन्ट दुईजनामा पुष्टि भएको हो  । यो भेरियन्ट हालसम्म ३८ देशमा फैलिसकेको छ। विज्ञहरुले ओमिक्रोनमा खोप वा पहिलेको कोरोनाबाट उत्पन्न हुने रोग प्रतिरोधात्मक क्षमताको पनि असर नपर्ने बताएका छन् । यो डेल्टा भेरियन्टभन्दा बढी शक्तिशाली रहेको बताइएको छ ।

नयाँ भेरियन्टको जोखिमबारे चिन्ताहरू लगातार बढ्दै गएका छन्। ओमिक्रोन भेरियन्ट कोरोनाको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भएको चिकित्सकहरू बताउँछन् । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ स्ट्रेन विश्वका अन्य देशहरूमा द्रुत गतिमा फैलिरहेको छ। यो अत्यधिक संक्रामक भएको स्पष्ट भएको छ। यद्यपि यो नयाँ भेरियन्ट कत्तिको घातक छ भन्ने कुरा ठोस प्रमाणसहितको अझै स्पष्ट भइसकेको छैन र विश्वभरका वैज्ञानिक र डब्ल्यूएचओ टोलीहरू यसको अनुसन्धानमा लागि परेका छन्।

डेल्टा भेरियन्टभन्दा ५ गुणा बढी शक्तिशाली मानिएको

  •  मोनोक्लोनल एन्टिबडी थेरापीमा बेअसर
  • ओमिक्रोनमा अहिलेसम्म ५०भन्दा बढी उत्परिवर्तनहरू छन्
  • स्पाइक प्रोटीन उत्परिवर्तनसँग खोपलाई पनि चकित पार्न सक्षम
  • प्राकृतिक संक्रमणको कारण प्रतिरक्षा प्रतिक्रियामा पनि बेअसर हुन सक्ने

कसरी ओमिक्रोनको विशेषताहरू डेल्टा भेरियन्टहरूभन्दा फरक छन् ?

  • मांसपेशी दुखाइ
  •  हल्का ज्वरो
  • गन्ध र स्वाद दुवै सक्रिय
  • घाँटी दुख्ने
  • थकान
  • टाउको दुख्ने
  • केही मानिसहरूमा लक्षणविहीन

‘थकान, टाउको दुखाइलाई हल्का रूपमा लिनु हुँदैन’

दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डा. एन्जेलिक कोएत्जीले बिरामीमा सबैभन्दा बढी थकान, शरीर दुख्ने र टाउको दुख्ने समस्या देखिएको बताइन् । यसबाहेक केही बिरामीमा कमजोरीको गुनासो पनि आएको छ । अहिलेसम्म कुनै पनि बिरामीले गन्ध नआउने वा स्वाद नलागेको वा नाक बन्द हुने र उच्च ज्वरो आएको जानकारी मिलेको छैन ।

खोप नयाँ भेरियन्टमा प्रभावकारी कति छ?

डा. एन्जेलिक कोएत्जीका अनुसार हालसम्म कोरोना भ्याक्सिनले नयाँ भेरियन्ट ओमिक्रोनमा प्रभाव पार्ने नै देखिएको छ । किनभने, खोप लगाइएका मानिसहरूमा हल्का लक्षणहरू मात्रै पाइएको छ। ओमिक्रोन भेरियन्ट प्राथमिक स्वास्थ्य हेरचाह स्तरमा डेल्टा भेरियन्टभन्दा यो भाइरस हल्का छ। तर, अस्पतालको स्तरमा भने यो तस्विर परिवर्तन हुन सक्नेछ। अहिले त भेरियन्टको सुरुवाती दिनहरू छन् र धेरै मानिसहरू अस्पतालमा भर्ना भएका छैनन्।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ