गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधानको सल्लाह : यसकारण झिम्किन्छ आवश्यकताभन्दा बढी आँखा डा. किशोरराज प्रधान रिफ्रयाक्टीभ सर्जन | मातृका आइज सेन्टर, काठमाडौं मंगलबार, २०७६ फागुन २० गते, १०:५६ मा प्रकाशित सामान्यतयाः आँखाको सुख्खापन, धेरै उज्यालो तथा आँखामा आएको कुनै अवरोध हटाउनको निम्ति आँखा झिम्किने गर्छ । आँखाको सतह सफा राख्नको लागि आँशु बगाउनको निम्ति पनि आँखा झिम्किने गर्छ । भर्खरै जन्मेको शिशुको सन्दर्भमा प्रतिमिनेट २ पटक मात्रै उनीहरुको आँखा झिम्किने गर्छ । तर, क्रमिक रुपमा यो प्रक्रिया बढी वयस्कमा प्रतिमिनेट १४ देखि १७ पटकसम्म झिम्किने गर्छ । यसले आँखाको पीडा, अधिकतम् उज्यालो तथा आद्रताको तापक्रम परिवर्तन गर्न तथा कुराकानीको प्रतिक्रिया जनाउनमा मद्धत गर्दछ । अझ भन्ने हो भन्ने महिलाको आँखा पुरुषको तुलनामा बढी झिम्किने गर्छ । ठूलो आँखा तथा इभ्यापोरेशन (आँखामा आँशु वा तरल पदार्थ ठोस वस्तुमा परिवर्तन हुने प्रक्रिया) को महिलाको आँखा धेरै झिम्किने गर्छ । यसबाहेक केही व्यक्तिहरुको आँखा सामान्य रुपमा भन्दा धेरै झिम्किने गर्छ । आखिर किन आवश्यकभन्दा धेरै झिम्किन्छन् त आँखा ? यस्ता छन् यसका कारणहरुः आँखाको सुख्खापन इरिटेशन (आँखा चिलाए र बिझेजस्तो हुने) आँखामा मासु पलाएमा बाहिरी वातावरण इन्फेक्शन तनाव/चिन्ता थकान अनिन्द्रा अधिकतम उज्यालो धुम्रपान, मद्यपान तथा मादक पदार्थको सेवन क्याफिन । रोकथाम तथा बच्ने उपाय व्यक्तिको आँखा आवश्यक भन्दा बढी झिम्किएमा त्यसले व्यक्तिमा दृष्टिमा मधुरता ल्याउँछ । यसका साथै यसै समस्याको कारण व्यक्ति उज्यालोमा धेरै समय बस्न नसक्ने हुन्छ । फलस्वरुपः फेसियल स्पाजम (अनुहारको एक भाग खुम्चिने) को समस्या देखा पर्दछ । तसर्थ यी सबै समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम हामीले आँखा झिम्किने समस्या के कारणबाट हुन्छ भन्ने तथ्यबारे जानकारी हासिल गर्नुपर्छ । र, कुनै पनि रोग तथा समस्याबाट बच्ने भरपर्दाे उपाय भनेको नै त्यसका कारणबाट जोगिनु हो । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । यसको तन्तु नरम हुने भएकोले यसलाई बाहिरी वातावरण तथा वस्तुले सजिलै प्रभाव पार्न सक्छ । त्यसैले पनि हामीले यस सम्बन्धि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि विविध पक्षमा ध्यान दिनुपर्छ । र, ती निम्न अनुसार रहेका छन्ः क्याफिनको कम प्रयोग अल्कोहल, धुम्रपान तथा अन्य मादक पदार्थको प्रयोग नगर्ने पर्याप्त सुत्ने आँखा सुख्खा हुन नदिन चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने स्पाजम देखिएमा हातले विस्तारै आँखाको भाग वरपर मालिस गर्ने घाम, धुलोधुँवा तथा धेरै उज्यालोबाट बच्न चश्माको प्रयोग गर्ने आँखा सम्बन्धि केही समस्या परेमा चिकित्सकको सल्लाह लिने । प्रस्तुतीः सृजना मगर । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?