गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने पदमराज भट्ट बुधवार, २०७६ फागुन २१ गते, ११:०४ मा प्रकाशित तस्वीरः एजेन्सी धनगढी—सुदूरपश्चिम प्रदेशमा २ लाख ८४ हजार ७ सय बालवालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । प्रदेशका ९ वटै जिल्लामा दादुरा–रुवेला खोप लगाउने कार्यक्रम रहेको स्वास्थ निर्देशनालयका बाल स्वास्थ्य कार्यक्रम प्रमुख मीनराज जोशीले बताए । सो अभियान सफल पार्नका लागि प्रदेशका ९ वटै जिल्लाका ४ हजार ६ सय खोप केन्द्रमा ९ हजार ३ सय जना स्वयंसेवक र आवश्यकताअनुसार एक हजार पाँच सयदेखि १ हजार ८ सय स्वास्थ्यकर्मी परिचालन हुने जोशीले बताए । राष्ट्रिय दादुरा रुबेला खोप अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा खोप लगाइनेछ । दोस्रो चरण चैत्र महिनाभर चल्नेछ । यस चरणमा सुदूरपश्चिमसहित बाग्मती, गण्डकी र कर्णाली प्रदेशका बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिइनेछ । फागुन १ बाट सुरु भएको पहिलो चरणको दादुरा–रुवेला खोप अभियान अहिले प्रदेश १, २ र ५ का जिल्लाहरुमा चलिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ