२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपालबाट अष्ट्रेलिया फर्किएका २० वर्षीय युवामा देखियो कोरोना ‘पोजेटिभ’

नेपालबाट अष्ट्रेलिया फर्किएका २० वर्षीय युवामा देखियो कोरोना ‘पोजेटिभ’


आफ्नो बिदा सकेर नेपालबाट अष्ट्रेलिया पुगेका २० वर्षीय युवामा कोरोना ‘पोजेटिभ’ पाइएको छ। उक्त विद्यार्थी फेब्रुअरी २३मा सिंगापुरको ट्रान्जिट हुँदै अष्ट्रेलियाको राजधानी सिड्नीबाट होर्बाट पुगेका थिए।

ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका र उनलाई शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो। जाँचपछि शनिबार उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पत्ता लागेको थियो। उनी शुक्रबार जाँचका लागि अस्पताल गएको ‘सेभेन न्युज’ नामक अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।

उनले फेब्रुअरी २ देखि नै स्वास्थ्यमा खराबी भएको अनुभव गरेपनि स्वास्थ्य हटलाइनमा चाँडो नपुगेको स्वास्थ्य अधिकारीको भनाई छ। स्वास्थ्य परिक्षण गराउन मार्च ६ मा पुगेको उनलाई रिपोर्ट नआउने समयसम्म अलग रहन सल्लाह दिएता पनि पालना नगरेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएको उक्त संचार माध्यममा उल्लेख छ।

प्राप्त जानकारी अनुसार, उनी नेपालका हुन् या हैनन् भन्ने बारे अहिले खुलाएको छैन। उनी सँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास गरिरहेको बताइएको छ।

–एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ