गृहपृष्ठ ∕ प्रदेश २ ∕ सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा हेल्थ आवाज आईतबार, २०७७ जेठ २५ गते, १७:३७ मा प्रकाशित जनकपुर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को समाजिक विकास मन्त्रालयमा छापा मारेको छ । कोरोना सम्बन्धि मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियारले आइतबार मन्त्रालयमा छापा मारेको हो । मिडिया ब्रिफिङ र अपूर्ति महाशाखाअन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयबाट नियन्त्रणमा लिएको आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले जनाएको छ । स्रोतका अनुसार प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत गरिएको स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा बजार मूल्यभन्दा बढीमा खरिद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । यसअघि पनि प्रदेश २ को समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयबाट औषधि तथा स्वास्थ्य सामग्री र उपकरण खरिदमा ५ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको थियो । समाजिक विकास मन्त्रीले प्रत्येक योजना र खरिदमा ३० प्रतिशतसम्म कमिसन लिएर मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई समेत भ्रष्टाचार गर्न सघाएको खुलासा भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी Kalpana Craft ट्रेण्डिङ रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रुसले विकास गरेको पहिलो क्यान्सर खोप 'केही महिनामै' प्रयोगमा आउने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं एरा इन्टरनेशनल अस्पताल हाँकिरहेकी ३५ वर्षीया डा. सुरक्षा गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले