२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोरोना जोखिम बढ्यो, साँझ हिडडुुलमा रोक

रुपन्देहीमा कोरोना जोखिम बढ्यो, साँझ हिडडुुलमा रोक


बुटवल – कारोना संक्रमण फैलिने जोखिम बढेको निष्कर्ष सहित रुपन्देहीका विभिन्न पालिकाहरुले नियमित जीवनशैलीमा कडाइ गर्ने भएका छन् ।बुटवल उपमहानगरपालिकाले विभिन्न व्यापार व्यवसायलाई तत्कालका लागि सञ्चालन नगर्न भनेको छ भने सैनामैना नगरपालिकाले रातिको समयमा हिडडुलमा रोक लगाएको छ ।

त्यस्तै, तिलोत्तमा नगरपालिकाले पनि अतिआवश्यकीय काम बाहेक बाहिर नजान भनेको छ । गएको आइतबार तीनवटै पालिकाहरुके छुटाछुट्टै सुचना जारी गर्दै जनजीवनलाई कारोना संक्रमणबाट बच्ने गरी संचालन गर्न भनेका छन् । बुटवल उपमहानगरले हाटबजार, सैलुन ,ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानिका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न भनेको छ । होटल तथा रेष्टूरेण्टहरुलाई विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिनबाट बच्न भन्दै सैनामैनाले साँझ ८ बजे देखि विहान ५ बजेसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन भनेको छ ।

नगरभित्र रहेका विभिन्न इनिष्च्यूट तथा शैक्षिक संस्थामा पठनपाठन कार्य, साप्ताहिक हाटबजारजस्ता केही दिन अघि संचालनमा आएका सवै गतिविधी बन्द गर्ने निर्णय भएको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । बुटवल उपमहानगरमा संचालित व्यवसायिक प्रतिष्ठाणहरुमा विदेशी, नगर क्षेत्र बाहिरका स्वदेशी कामदार र कालिगढको रुपमा आउने व्यक्तिहरुको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै वडा कार्यालयबाट प्राप्त अस्थायी परिचय पत्रको आधारमा काममा लगाउन भनिएको छ । विदेशी नागरिक तथा कामदार क्षेत्र भन्दा बाहिरबाट आउँदा अनिवार्य रुपमा होम क्वारेन्टाइन, होटेल क्वारेन्टाइन वा सामुहिक क्वारेन्टाईनमा बस्नुपर्ने छ ।

दुवै पालिकाहरुले घर बाहिर निस्किदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । सैनामैनाले समुदाय स्तरमा कोरोना फैलिन नदिन प्रत्येक वडाबाट नमुना संकलन गरि पिसिआर परीक्षण गर्ने छ भने बुटवलमा र्यान्डम टेष्ट चलिरहेको छ ।

होम क्वारेन्टिनको नियमित अनुगमन गर्ने गरी तयारी भएको सैनामैनाका प्रमुख कार्कीले बताए । अत्यावश्यक काममा घर बाहिर निस्कनु परेमा इलाका प्रहरी कार्यालय रन्यौरा, इलाका प्रहरी कार्यालय सालझण्डी वा नगरपालिकाको सम्पर्क व्यक्तिसँग जानकारी गराउनुपर्ने निर्णय भएको उनले बताए ।

अन्य पालिकाहरुमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि यस क्षेत्रमा पनि हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको बताइएको छ । नगर क्षेत्र भित्र कुनै भेला, तालिम, गोष्ठी, सभा सम्मेलन नगर्ने, कुनै भिडभाड नगर्ने र जिमखाना पनि सञ्चालन गर्न पाइने छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ