२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द

समुदायस्तरमा कोरोना फैलिन थालेपछि धनुषाको मिथिला नगरपालिका एक साताको लागि बन्द


जनकपुर – स्थानीय समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि धनुषाको मिथिला नगरपालिकाले एक साताका लागि बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण समुदायस्तरमा फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि भदौ २ गतेसम्मको लागि कार्यपालिका र नगरभित्रका वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताए ।

प्रदेश २ लगायत देशभर कोरोना महामारीको संक्रमण दर उच्च मात्रामा वृद्धि भइरहेको अवस्थाले गर्दा देशका विभिन्न क्षेत्रहरुमा लकडाउन र सटडाउनको अवस्था जारी रहेकोले यस्तो निर्णय गरिएको नगरप्रमुख महतोले बताए ।

नगरकार्यपालिकाका कर्मचारीहरुलाई आवश्यक परेको समयमा जुनसुकै बेला कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह समेत गरेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ