गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यसरी गरौं गुप्ताङ्गको सरसफाई यसरी गरौं गुप्ताङ्गको सरसफाई हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, २०:०७ मा प्रकाशित व्यक्तिको शरीरमा रहने विभिन्न संवेदनशील अंगमध्ये यौनाङ्ग पनि एक हो । यस वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले हामीले यसको उचित सरसफाई र ख्याल राख्नु आवश्यक छ । उचित सरसफाईको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु समेत निम्तिन सक्ने सम्भावना प्रबल रहन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने महिलाहरु पुरुषभन्दा बढि यौन समस्याका शिकार हुने गर्छन । किनभने महिनावारी, योनीश्राव तथा प्रजननका कारण महिलाहरु आफ्नो जीवनकालमा यस्ता यौन समस्याका शिकार भइरहन्छन् । र, अधिकांशमा सरसफाईको कमी नै यसको प्रमुख कारणको रुपमा देखिएको पाइन्छ । अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रुपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धि विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको समेत जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि भएपनि महिलाले आफ्नो यौनाङ्गको सरसफाईमा विशेष एवम् उचित रुपमा ध्यान दिनुपर्छ । सरसफाई गर्ने उपायहरुः योनाङ्ग दैनिक रुपमा सरसफाई गर्ने रुटिङ बनाउने । अझ मासिक चक्र(महिनावारी)मा यो प्रकृयाएकै दिनमा पनि पटक–पटक अपनाउन सकिन्छ । योनाङ्गमा कुनै पनि बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने । सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा किटाणु रहने डर हुदैन । र, पानीले पखालेपछि सुख्खा कपडाले पुछि उक्त क्षेत्रलाई पनि सुख्खा राख्ने। भित्रीवस्त्र नियमित परिवर्तन गर्ने। चिसो नहोस् र यौनाङ्ग नपोलोस् भन्नका लागि सुतिको अन्डरवेयर प्रयोग गर्ने। महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने । नयाँ पेन्टिको प्रयोग पनि धोएर मात्रै गर्ने। बाथ लिएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने । क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ