गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ यसरी गरौं गुप्ताङ्गको सरसफाई यसरी गरौं गुप्ताङ्गको सरसफाई हेल्थ आवाज मंगलबार, २०७७ साउन २७ गते, २०:०७ मा प्रकाशित व्यक्तिको शरीरमा रहने विभिन्न संवेदनशील अंगमध्ये यौनाङ्ग पनि एक हो । यस वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले हामीले यसको उचित सरसफाई र ख्याल राख्नु आवश्यक छ । उचित सरसफाईको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु समेत निम्तिन सक्ने सम्भावना प्रबल रहन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने महिलाहरु पुरुषभन्दा बढि यौन समस्याका शिकार हुने गर्छन । किनभने महिनावारी, योनीश्राव तथा प्रजननका कारण महिलाहरु आफ्नो जीवनकालमा यस्ता यौन समस्याका शिकार भइरहन्छन् । र, अधिकांशमा सरसफाईको कमी नै यसको प्रमुख कारणको रुपमा देखिएको पाइन्छ । अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रुपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धि विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको समेत जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि भएपनि महिलाले आफ्नो यौनाङ्गको सरसफाईमा विशेष एवम् उचित रुपमा ध्यान दिनुपर्छ । सरसफाई गर्ने उपायहरुः योनाङ्ग दैनिक रुपमा सरसफाई गर्ने रुटिङ बनाउने । अझ मासिक चक्र(महिनावारी)मा यो प्रकृयाएकै दिनमा पनि पटक–पटक अपनाउन सकिन्छ । योनाङ्गमा कुनै पनि बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने । सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा किटाणु रहने डर हुदैन । र, पानीले पखालेपछि सुख्खा कपडाले पुछि उक्त क्षेत्रलाई पनि सुख्खा राख्ने। भित्रीवस्त्र नियमित परिवर्तन गर्ने। चिसो नहोस् र यौनाङ्ग नपोलोस् भन्नका लागि सुतिको अन्डरवेयर प्रयोग गर्ने। महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने । नयाँ पेन्टिको प्रयोग पनि धोएर मात्रै गर्ने। बाथ लिएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने । क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट… भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज