२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययसरी गरौं गुप्ताङ्गको सरसफाई

यसरी गरौं गुप्ताङ्गको सरसफाई


व्यक्तिको शरीरमा रहने विभिन्न संवेदनशील अंगमध्ये यौनाङ्ग पनि एक हो । यस वरपरका छाला एकदमै संवेदनशील हुने भएकाले हामीले यसको उचित सरसफाई र ख्याल राख्नु आवश्यक छ । उचित सरसफाईको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु समेत निम्तिन सक्ने सम्भावना प्रबल रहन्छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने महिलाहरु पुरुषभन्दा बढि यौन समस्याका शिकार हुने गर्छन ।  किनभने महिनावारी, योनीश्राव तथा प्रजननका कारण महिलाहरु  आफ्नो जीवनकालमा यस्ता यौन समस्याका शिकार भइरहन्छन् । र, अधिकांशमा सरसफाईको कमी नै यसको प्रमुख कारणको रुपमा देखिएको पाइन्छ ।

अझ महिलाको गुप्ताङ्गको सम्बन्ध प्रत्यक्ष रुपमा पाठेघरसँग रहेको हुँदा यसप्रतिको बेवास्ताले महिलामा गर्भाशय सम्बन्धि विभिन्न समस्या देखा परी पाठेघरको क्यान्सरको समेत जोखिम बढाउँछ । त्यसैले, यस्ता समस्याबाट बच्नकै लागि भएपनि महिलाले आफ्नो यौनाङ्गको सरसफाईमा विशेष एवम् उचित रुपमा ध्यान दिनुपर्छ ।

सरसफाई गर्ने उपायहरुः

  • योनाङ्ग दैनिक रुपमा सरसफाई गर्ने रुटिङ बनाउने । अझ मासिक चक्र(महिनावारी)मा यो प्रकृयाएकै दिनमा पनि पटक–पटक अपनाउन सकिन्छ ।
  • योनाङ्गमा कुनै पनि बास्नादार सेन्ट वा साबुनको प्रयोग नगर्ने ।
  • सफा तथा मनतातो पानीले दैनिक सफा गर्दा किटाणु रहने डर हुदैन । र, पानीले पखालेपछि सुख्खा कपडाले पुछि उक्त क्षेत्रलाई पनि सुख्खा राख्ने।
  • भित्रीवस्त्र नियमित परिवर्तन गर्ने।
  • चिसो नहोस् र यौनाङ्ग नपोलोस् भन्नका लागि सुतिको अन्डरवेयर प्रयोग गर्ने।
  • महिनावारीको समयमा रगत नबगे पनि ३-४ घण्टाको अवधिमा प्याड परिवर्तन गर्ने ।
  • नयाँ पेन्टिको प्रयोग पनि धोएर मात्रै गर्ने।
  • बाथ लिएपछि वा स्विमिङ गरेपछि कपडा तुरुन्त परिवर्तन गर्ने ।

क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ