२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाका कारण ६६ वर्षकै उमेरमा अस्ताए छात्ती रोग विशेषज्ञ डा. नवीन बस्नेत

कोरोनाका कारण ६६ वर्षकै उमेरमा अस्ताए छात्ती रोग विशेषज्ञ डा. नवीन बस्नेत


काठमाडौं—कोरोना संक्रमणबाट छात्ती रोग विशेषज्ञ डा. नवीन बस्नेतको मृत्यु भएको छ । ६६ वर्षीय बस्नेतको उपचारका क्रममा आइतबार साँझ निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणबाट बस्नेतको श्वास प्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. बस्नेतलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘एक्युट रेस्पेक्टरी डिस्ट्रेस’ समस्याका कारण उपचारकै क्रममा डा. वस्नेतको निधन भएको हो । डा. वस्नेतलाई केही समयअघि क्षयरोग (टिबी)को समस्या रहेको पाइएको थियो ।

उनी नेपाल प्रहरीको अस्पतालका टिबी विभागका संस्थापक समेत हुन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ