२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा थप १४ जनामा कोरोनाको नयाँ स्वरूपको संक्रमण

भारतमा थप १४ जनामा कोरोनाको नयाँ स्वरूपको संक्रमण


छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ स्वरुपको हालसम्म २० केस पुष्टि भएको छ। समाचार एजेन्सी एएनआइका अनुसार उनीहरु सबै ब्रिटेनबाट आएका हुन्।

गएको मंगलबार मात्रै भारतमा ६ जना संक्रमितमा नयाँ स्वरूप पनि पुष्टि भएको थियो। त्यसपछि अन्य १४ जनामा नयाँ स्वरूपबाट संक्रमित भएको पुष्टि भएको हो।

भारतीय स्वास्थ्य मन्त्रालय अनुसार २५ नोभेम्बर देखि २३ डिसेम्बरको बीचमा ब्रिटेनबाट ३३ हजार यात्री भारत प्रवेश गरेका थिए। सोहि मध्ये १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।

भारत बाहेक यूरोपको डेनमार्क, ब्रिटेन, नेदरल्याण्ड, स्वीडन, फ्रान्स, इटाली, अस्ट्रेलिया, स्पेन, स्विट्जरल्याण्ड, क्यानडा, जर्मनी, जापान, लेबनान जस्ता कयौं देशमा कोरोनाको नयाँ स्ट्रेन पुष्टि भैसकेको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ