काठमाडौं—नेपालमा ३८ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार देशभरका विभिन्न अस्पतालहरुमा ३८ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
यस्तै, देशभर १ सय ८३ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ३७ जना, १ नं. प्रदेशमा ४ जना, सुदूरपश्चिम प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १ हजार ३ सय ८९ जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।
थप ३ जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ९ सय १२ जना संक्रमितको मृत्यु भैसकेको छ ।