२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु


कैलाली-राष्ट्रिय खोप कार्यक्रम सफल बनाउन देशको संघीय संरचनाअनुसार संघ प्रदेश स्वास्थ्य कार्यालय र स्थानीय तहहरुमा गुणस्तरीय खोप तथा कोल्डचेन सुधार, व्यवस्थापनका लागि धनगढीमा ३ दिने कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु भएको छ ।

प्रदेश, स्वास्थ्य कार्यालय र स्थानीय तहहरुमा खोप तथा कोल्डचेन व्यवस्थापनको समीक्षा गरी समस्या पहिचान गर्ने, पहिचान भएका समस्या समाधानका लागि दीर्घकालीन योजना तयार गर्ने, थपिदै गएका नयाँ भ्याक्सिनको लागि भण्डारण व्यवस्थापनका लागि छलफल गर्ने र प्रदेश स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहमा खोप तथा कोल्डचेनका कार्यबारे योजना तयार गर्ने यस गोष्ठीको उद्देश्य रहेको छ ।

गोष्ठीको उद्घाट्न कार्यक्रममा बोल्दै खोप कार्यक्रम तथा नियमित कार्यक्रमहरु संचालन गर्ने जनशक्ति अभाव रहेको र ३० प्रतिशत पनि बजेट खर्च नहुने अबस्था रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ