२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु


बुटवल– रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

शुक्रबार मृत्यु भएका मध्ये २ जना सिद्धार्थनगर नगरपालिका र एकजना बुटवल उप–महानगरपालिकाका हुन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारत ६४ वर्षीया महिला, घरमै रहेका सिद्धार्थनगर ८ का ४५ वर्षीय पुरुष, र बुटवल ८ मिलनचोकका ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ