२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च

सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च


धनगढी–सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो सेती अञ्चल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या देशमै उच्च छ । स्वास्थ्यका क्षेत्रमा क्रियाशिल गेल्डेन नेपाल नामक संस्थाले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार सेती अंचल अस्पताल नयाँ जन्मको मृत्यू हुनेमा देशमै दोश्रो सरकारी अस्पताल हो ।

सेती अञ्चल अस्पतालमा प्रतिहजार जिवित जन्ममा जन्मीने वित्तिकै २९ दशमलव ७ जनाको मृत्यु हुन्छ । जन्मिनेबिवत्तिकै मृत्यु हुने अस्पतालहरुको सूचीमा भेरी अंचल अस्पताल पहिलो नम्बरमा पर्छ । यहाँ प्रतिहजार जिवित जन्ममध्ये जन्मिनेबित्तिकै ३५ जना शिशुको मृत्यू हुन्छ ।

अध्ययनमा ९ जना सरकारी बिज्ञ चिकित्सक संलग्न थिए । यो अनुसन्धानमा कोशी अस्पताल, जनकपुर अञ्चल अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अंचल अस्पताल, कर्णाली प्रादेशिक अस्पताल, सेती अंचल अस्पताल, डडेल्धुरा उप–क्षेत्रीय अस्पताल गरेर ८ वटा सरकारी अस्पतालमा अनुसन्धान गरिएको गेल्डेन नेपालका सञ्चार विज्ञ सृजना शर्माले बताईन ।

शर्माका अनुसार सबैभन्दा राम्रो अवस्था उप–क्षेत्रीय अस्पताल डडेलधुराको छ । यहाँ प्रतिहजार नयाँ जन्ममा ४ जना शिशुको मृत्यू हुने गरेको छ । त्यसैगरी कोशीमा १२, जनकपुरमा १२, लुम्बिनीमा ११, भरतपुरमा ७ र कर्णालीमा ५ जना नयाँ जन्मको मृत्यू हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डाक्टर सुशिलनाथ प्याकुरेलका अनुसार स्वास्थ्यकर्मीको लापर्वाही, प्रसुती गराउने ठाउँको अवस्था र स्वास्थ्यकर्मीहरुमा तत् सम्वन्धी तालिमको अभावले जन्मीने वित्तिकै मर्ने नयाँ जन्मको संस्था बृद्धी भएको हुन सक्छ । सेती अञ्चल अस्पतालमा अब्यबस्थित प्रसुतीवार्र्ड, स्वास्थ्यकर्मीको लापर्वाही जस्ता कुराले नयाँ जन्मको मृत्यूदर उच्च देखिएको अनुसन्धानले देखाएको छ ।

नयाँ जन्मको मृत्यूदर घटाउन अनुसन्धान गरिएका सरकारी अस्पतालमा सुसार कार्यक्रम गत बैशाख महिनाबाट सुरु गरिएको अनुसन्धानकर्ता डा. अशिष केशीले बताए । उनले भने, ‘सेती अञ्चल अस्पलातमा अहिलेसम्म पनि कार्यक्रम सुरु गर्ने वातावरण बनेको छैन । ’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ