२०८२ असोज ४, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुर अस्पतालको यस वर्षको चौथो मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे

भरतपुर अस्पतालको यस वर्षको चौथो मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे

दुई महिनापछि फेरि अर्को मेसु हुने निश्चित


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेलाई पठाएको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीकाअनुसार आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी उनलाई सो जिम्मेवारी दिइएको हो ।

यसअघि इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रहेका डा. पाण्डेलाई एक महिना अघि मन्त्रालयमा सरुवा गरी फाजिलमा राखिएको थियो । दुई महिनापछि अनिवार्य अवकास पाउँदै गरेका डा. पाण्डेलाई मेसु बनाएर पठाएपछि अबको दुई महिनापछि पुनः अस्पतालले नयाँ मेसु पाउने पक्का छ । एक वर्ष भित्र सो अस्पतालमा चार जना मेसु परिवर्तन भइसकेका छन् ।

२५ भदौमा भेरी अस्पताल नेपालगञ्ज दरवन्दी रहेका डा. राजन पण्डेलाई काजमा खटाएर मेसुको जिम्मेवारी दिइएको थियो । तत्कालीन मेसु श्रीराम तिवारीलाई केन्द्रीय कारागार अस्पतालमा सरुवा गरेपछि डा. राजनलाई ल्याइएको थियो । डा. राजनले काम गर्ने वातावरण नभएको भन्दै काज फिर्ता गरी एक महिना सकिने बितिकै भेरी फर्किएका थिए ।

उनी भेरीमा फर्किएपछि १० औं तहका डा. जगन्नाथ तिवारीलाई मेसुको जिम्मेवारी दिइएको थियो । १० औं तहले निमित्त चलाइरहेको ठाउँमा ११ औं तहको चिकित्सक पठाइएको प्रशासन महाशाखा प्रमुख रेग्मीले बताए ।

भरतपुर विकास समितिका अध्यक्ष भोजराज अधिकारीले भने चाडो—चाडो मेसु परिवर्तन हुँदा अस्पतालका नियमित कामहरुमा नै अप्ठ्यारो परेको बताए । ‘एक वर्ष नहुँदैं चार जना मेसु फेरिइसके,’ उनले भने, ‘नयाँ आउनुभएको मेसु पनि दुई महिनापछि अवकास पाउँदैं हुनुहुन्छ । काम कसरी अगाडि बढ्छ ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ