२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौं—नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको आईसीयुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा आइतबारसम्म निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधी दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैनन् ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा. झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ