२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चिनियाँ खोप नेपाल आउने अझै अनिश्चित

चिनियाँ खोप नेपाल आउने अझै अनिश्चित


काठमाडौं—चीन सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने भनेको कोभिड—१९ विरुद्धको ५ लाख डोज खोप नेपाल आउने कुरा अझै अनिश्चित छ । २३ माघमा चिनियाँ वाङ यीले नेपाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन कुराकानीमा नेपाललाई कोरोना विरुद्धको ५ लाख डोज चिनियाँ खोप सहयोग गर्ने बताएका थिए ।

तर, झण्डै चीन सरकारले दिने भनेर घोषणा गरेको झण्डै एक महिना बितिसक्दा पनि उक्त खोप नेपाल आउने विषयमा अन्योल कायमै छ । चीनले आफ्नै सरकारी कम्पनी सिनोफार्म उत्पादन गरेको उक्त खोप नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको थियो ।

चिनियाँ खोप नेपाल ल्याउने कुरा अनिश्चित बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई जवाफ माग गरेको छ । ‘हामीले चिनियाँ खोप कहिले आउने भन्ने कुरा अनिश्चित भएपछि परराष्ट्रको जवाफ माग गरेका छौं,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘अब परराष्ट्रले के भन्छ ।’

नेपाललाई १० लाख डोज खोप कोभिशिल्ड अनुदानमा दिएको थियो । नेपालमा थप १० लाख डोज सेरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेर ल्याइएको छ । नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज आउन बाँकी छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले भारतबाटै थप ५० लाख डोज खोप खरिद गर्ने तयारी अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ