२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१०४ वर्षे वृद्धाले लगाइन् कोरोना विरुद्धको खोप

१०४ वर्षे वृद्धाले लगाइन् कोरोना विरुद्धको खोप


काठमाडौं—दोस्रो चरणको खोप अभियानअन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप १०४ वर्षीया जेष्ठ नागरिकले खोप लगाएकी छन् । मंगलबार विहान ११ बजे काठमाडौं महानगरपालिका—७ कुमारीगालकी १०४ वर्षीया जेष्ठ नागरिक मनरुपा चौलागाईले कोभिड—१९ विरुद्धको खोप लगाएकी हुन् ।

छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोप केन्द्र पुगेकी मनरुपाले कुराकानीका क्रममा वि.सं. १९९० सालको भुँइचालो जाँदा १४ वर्षकी किशोरी रहेको स्मरण समेत गरिन् । विहान सबेरै उठ्ने र नुहाइ धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन । शाकाहारी उनी दही, दुध र फलफूल बढी मन पराउँछिन् ।


थोरै-थोरै तर पटक—पटक खाइरहने र प्रशस्त पानी पिउने आफ्नो बानी रहेको उनले सुनाइन् । १० सन्तानकी आमा मनरुपाले कोरोना महामारीका बारेमा धेरै जानकारी राखेकी छिन् । सधैं मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उनले बुढाबुढीलाई धेरै अप्ठ्यारो पार्ने कोरोना रोक्न खोप लगाउन आएको जानकारी दिइन् ।

काठमाडौं महानगरपालिका—७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले वडावासीहरु मध्येकी सबैभन्दा जेष्ठ नागरिक मनपालाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिए ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले कोभिड—१९ विरुद्धको विश्वव्यापी लडाइ र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ