२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोडर्नाले बालबालिकामा कोरोना खोपको ट्रायल गर्दै

मोडर्नाले बालबालिकामा कोरोना खोपको ट्रायल गर्दै


विश्वभरमा कोरोना महामारी विरुद्ध खोप अभियान तीव्र गतिमा बढिरहेको छ। हालसम्म करोडौं मानिसले खोप प्राप्त गरिसकेका छन्। यसैबीच अमेरिकी खोप उत्पादन गर्ने मोडर्नाले बालबालिकामा खोपको ट्रायल सुरु गरेको छ।

कम्पनीले ६ महिना देखि १२ वर्षसम्मका बालबालिकामाथि ट्रायल गर्न थालेको हो। अमेरिका र क्यानडाबाट ६ हजार स्वस्थ बालबालिकालाई समावेश गर्ने कम्पनीले लक्ष्य रहेको जनाएको छ।

यसअघि खोपको मानव परीक्षण १२-१७ वर्ष उमेरका बालबालिकामागरिएको थियो तर नतिजा सार्वजनिक गरिएको थिएन। अनुसन्धानकर्ता परीक्षण सुरु गरेर प्रतिक्रिया देख्न चाहान्छन।

वयस्कलाई जस्तै २८ दिनपछि परीक्षणमा सहभागी भएका बालबालिकालाई दोस्रो डोज लगाइनेछ। साथै उच्च डोज दिँदा हुनसक्ने साइडइफेक्टलाई पनि मध्यनजर गरिनेछ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ