२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित भेटिएका १३ जिल्ला

काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित भेटिएका १३ जिल्ला


काठमाडौं—कोभिड—१९ को संक्रमण पुनः काठमाडौं उपत्यकामा उकालो चढ्न थालेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार उपत्यकामा मात्रै ३४८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा २८६ जना, भक्तपुरका १९ जना र ललितपुरमा ४३ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । यस्तै, मुलुकमा विभिन्न १३ जिल्लामा दोहोरो अंकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंपछि सबैभन्दा बढी कोभिड—१९ संक्रमण देखिएको बाँकेमा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

१. मोरङ—२० जना
२. धनुषा—१० जना
३. पर्सा—३० जना
४. चितवन—२२ जना
५. काठमाडौं—२८६ जना
६. भक्तपुर—१९ जना
७. ललितपुर—४३ जना
८. कास्की—४६ जना
९. दाङ—२१ जना
१०. बर्दिया—२७ जना
११. बाँके —१३३ जना
१२. रुपन्देही —४३ जना
१३. कैलाली—३९ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ