२०८३ असोज २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको अनुमति

नेपालमा रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको अनुमति


काठमाडौँ – रुसद्वारा विकास गरिएको कोरोना विरुद्ध खोप ‘स्पुतनिक भी’ लाई नेपालले आपतकालीन प्रयोगको अनुमति दिएको छ। मंगलबार औषधी व्यवस्था विभागले उक्त रुसी खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको जनाएको हो।

विभागका अनुसार उक्त खोप १८ वर्षभन्दा माथिका व्यक्तिले समेत लगाउन सक्नेछन।

यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेललाई नेपालले आपतकालीन मन्जुरी दिएको थियो। जसअन्तरर्गत विभिन्न चरण गरी खोप अभियानको कार्यक्रमहरु भैरहेको छ।

मंगलबारबाट कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन सुरु गरिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ